ज्येष्ठ नागरिकको आँखाको निःशुल्क शल्यक्रिया

फिल्को मिसन

असार ४,२०८०
सिमकोट । सर्केगाढ गाउँपालिकामा संचालन गरेको दुई दिनेल आँखा शिविरमा ५० जना ज्येष्ठ नागरिक आँखाको शल्यक्रिया गरिएको छ।
तिलगंगा आँखा अस्पताल काठ्माडौको समन्वयमा र सर्केगाड गाउ पालिकाको स्वास्थ्य शाखाले आयोजनामा उक्त शिविर संचालन गरेको हो । सत्तरी वर्षभन्दा माथिका मोतीबिन्दुुका बिरामी ज्येष्ठ नागरिक आँखाको शल्यक्रिया गरिएको छ।
दुुर्गमको सर्केगार्ड गाउँपालिकाको साँया स्वास्थ्य चौकीमा आँखा शिविर सञ्चालन हुँदा ज्येष्ठ नागरिक र अपांगता भएका नागरिक लाभान्वित भएका छन्।


साँया स्वास्थ्य चौकीका संयोजक बबरजंग पालले चार वर्षपछि दुुर्गमको स्वास्थ्य चौकीमा आँखा शिविर सञ्चालन हुँदा ९० जना मोतीबिन्दुुका बिरामीको आँखाको सफल शल्यक्रिया भएको बताए।
शिविरका लागि प्रतिष्ठानबाट निर्देशक रिना गुुरुङको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आएको थियो। शिविर अवधिभर गाउँपालिकाले बिरामीको खाना खर्चको समेत व्यवस्था गरेको थियो। शिविर पूर्णरूपमा निःशुल्क रहेको थियो। शिविर सफल बनाउन गाउँपालिका अध्यक्ष ठानबहादुुर रोकाया र उपाध्यक्ष चन्द्रसिंह कार्की विशेष रुपमा खटिएका थिए। उनले आफँै उपचार गर्न नसक्ने र गाउँभन्दा बाहिर पनि जान नसक्ने सयभन्दा बढी बिरामीले प्रत्यक्ष रुपमा सेवा पाएको बताए।

 

प्रतिक्रिया दिनुहोस