हेपाटाइटिस बी’रोग सम्बन्धि नाम्खामा निःशुल्क परीक्षण शुरु

फिल्को मिसन

असार ९, २०८०
सिमकोट । उत्तरी हुम्लाको नाम्खा गाउँपालिकामा ग्याछो लामा हेपाटाइटिस ‘बी’रोगको निःशुल्क परीक्षण शुरु गरेको छ ।
नाम्खा गाउँपालिका अन्र्तगत स्वास्थ शाखाको आयोजनम पहिलो पटक संञ्चालन गरेको हेपाटाइटिस बि निःशुल्क चेक जाँच अभियना संचालन गरेको छ ।


उतरी छिमेकी देश तिब्बतको सिमाना छोडिएको गाउँपालिका र पछिल्लो समय लागूऔषध दुव्र्यसनीको संख्या बढ्दै गएपछि हेपाटाइटिस ‘बी’ को उच्च जोखिम रहने भएकाले उनीहरुलाई समयमै सचेत गराउँदै उपचारका लागि सहज बनाउनको लागि गाउँपालिकाले हेपाटाइटिस ‘बी’को निःशुल्क परीक्षण शुरु गरेको बताइएको छ । नाम्खा गाउँपालिका १देखि ६वडा सम्ममा ५हजार ४सय ५० जनसंख्या रहेकोमा हेपाटाइटिस ‘बी’को चेकजाँच गर्ने ६ हजार किट्स ल्याएको नाम्खा गाउँपालिका स्वास्थ्य शाँखाका प्रमुख ग्याछो लामाले बताए ।
स्वास्थ्य शाँखाका प्रमुख लामाका अनुसार हेपाटाइटटिस बी चेकजाच गर्दा प्रत्येक वडामा ५/६ जानलाई उक्त रोग देखा परेको बताए । उक्त चेकजाँचपछि हेपाटाइटटिस बीका विरामी लाई खोप लगाउने तयारी रहेको बताए ।परीक्षण गरिएकामध्ये प्रत्येक वडामा ५/६ जनामा हेपाटाइटिस बी पोजेटिभ देखिएको उनले बताए।

गाउँहरुमा हेपाटाइटिसको समस्या रहेको आगामि दिनमा गाउँपालिकाले खोप अभियान सञ्चालन गर्ने व्यवस्था रहेको लामाको भनाइ छ ।
खोप अभियान सञ्चालन गर्नुअघि पालिकाका स्वास्थ्यकर्मीहरूई हेपाटाइटिस रोगसम्बन्धी प्रशिक्षण समेत दिइएको अध्यक्ष लामाले जानकारी दिए ।
नाम्खा गाउँपालिका २को केर्मि गाउँमा अभियन अन्र्तगत उक्त केर्मि स्वास्थ्य चौंकीले २१६ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।पहिलो दिन केर्मि गाउँमा मात्रै कूल २ सय १६ जनामा हेपाटाइटिस बी संक्रमण रहे नरहेको परीक्षण गरिएको स्वाथ्यकर्मि शोभा रोकायाले बताइन् ।

 

 

प्रतिक्रिया दिनुहोस