सिमकोट गाउँपालिकाले बजेट ४९ करोड

फिल्को मिसन

असार १०,२०८०
हुम्ला । सिमकोट गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ४९करोड ६७लाख ६सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आइतबार सिमकोटमा सम्पन्न पालिकाको ७ औं अधिवेशनमा सिमकोट गाउँपालिकाकी उप–प्रमुख शुशिला भाम (रोकाया)ले पेस गर्नु भएको हो ।
गाउँपालिका उपाध्यक्ष रोकायाले गाउँसभामा आगामी वर्षको बजेट पेश भई गाउँसभा बाट पारित भएको छ ।
प्रस्तुत बजेटमा आयतर्फ आन्तिरिक आयतर्फ ८० लाख, राजस्व बाँडफाँडतर्फ आठ करोड ७३ लाख ९० हजार, संघीय सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरण ३३ करोड, प्रदेश सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरण ६ करोड १६ लाख र जिआईजेटबाट ७५ लाख रहेको छ भने व्ययतर्फ चाल’ खर्चतर्फ ३३ करोड ५१ लाख ९८ हजार र पुँजीगततर्फ १६ करोड १५ लाख आठ हजार रुपैयाँ विनियोजित गरेको ।
यो बजेट तथा कार्यक्रमले आर्थिक समृद्धि हासिल गर्ने, समृद्धिको मुख्य आधार, सुरक्षित गाउँ सडक विस्तार, सुरक्षित आवास र व्यवस्थित निवास, भवन निर्माण मापदण्ड तर्जुमा, डम्पिङसाईट सञ्चालन, सहायत, संरक्षण र उद्धार कार्यजस्ता कार्यक्रम तर्जुमा गरिएको छ।
सिमकोट गाउँपालिकाले आर्थिक समृद्धि हासिल गर्ने, समृद्धिको मुख्य आधार, सुरक्षित गाउँ सडक विस्तार, सुरक्षित आवास र व्यवस्थित निवास, भवन निर्माण मापदण्ड तर्जुमा, डम्पिङसाईट सञ्चालन, सहायत, संरक्षण र उद्धार कार्यजस्ता कार्यक्रम जस्ता विनियोजित गरेको छ ।
त्यसैगरी अन्य प्राथमिकतामा परेका कार्यक्रममाा विपद कोषको प्रभावकारी कार्यान्वयन, अर्गानिक गाउँपालिका घोषणा, साप्ताहिक कृषि हाट बजार, एक गाउँ एक कृषि विशेष उत्पादन, पशुनश्ल सुधार र कृतिम गर्भधारण, पशुपन्छी बिमा कार्यक्रम, पशुपन्छीको मासु जाँच, निजी घर आवास ( होम स्टे), शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग, उत्पादनलाई बजारसँग जोड्ने कार्यक्रममा बजेट छुटाएको छ
त्यसैगरी, उत्कृष्ट विद्यार्थी सम्मान, आवासीय विद्यालय सञ्चालन, कार्यसम्पादन करारका आधार प्रधानाध्याप नियुक्ती, अध्यक्ष उपाध्यक्ष कल्याणकारी कोषको स्थापना, पूर्ण साक्षर गाउँपालिका घोषणा, स्वस्थ्य गाउँपालिका समृद्ध जनता, आधारभूत स्वास्थ्य हाम्रो प्रतिबद्धता, विशेषज्ञ सेवा शिविर, स्वास्थ्य बिमा कार्यक्रम, स्वास्थ्य संस्थाहरुमा चौबीस घण्टे सेवा सञ्चालन गरिने उक्त बजेट तथा निति कार्यलयमा समेटिएको छ ।
त्यसैगरी, मर्मत सम्भार कोषको स्थापना, नक्शापास कार्यविधि र भवन निर्माण मापदण्ड तर्जुमा, विपद व्यवस्थापन कोष स्थापना, आकष्मि प्रतिकार्य टोली तयार, नगर प्रहरी परिचालन र व्यवस्थापन गरिनेछ। यता, वडा स्तरमा मेलमिलाप केन्द्रको स्थापना, राजस्व सुधारको योजना, अनलाइन भुक्तानी प्रर्णाली र सुन्ने बेरुजु अभियान सञ्चालन गर्ने गरी कार्यक्रम तय गरिएको छ।
त्यसै गरि संक्षिप्त प्रतिक्रिया दिदै गाउँपालिका अध्यक्ष विजय भण्डारीले यसपटकको बजेटले सिमकोटले मुहार बदल्ने प्रतिवद्धता सहित जनतासँग जोडिएका विषयहरुलाई मुख्य प्राथमिकतामा राखिएको बताए। उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै शैक्षिक सुधार तथा स्वास्थ्य क्षेत्रमा स्वास्थ्य सुधार तथा जनशक्ति उत्पादनमा जोड दिइएको बताए।

प्रतिक्रिया दिनुहोस