खार्पुनाथ गाउँपालिकाले ल्यायो ३८ करोडको बजेट(पूर्णपाठसहित)
असार १०,२०८०
सिमकोट । खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार लाई प्राथमिकतामा राख्दै ३८ करोड ६९ लाख ७५ हजार १४५ रुपैयाँको बजेट पेश गरेको छ ।
खार्पुनाथ गाउँपालिको १३औं अधिवेशनमा उपप्रमुख ज्ञान बहादुर सिहले बजेट प्रस्तुत गर्दै ३८ करोड बजेट चालु र पुँजीगत गरी हो। आन्तरिक स्रोत न्यून रहेका कारण बजेटको अधिकांश हिस्सा, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने सहयोगलाई आधार मानेर बजेट तर्जुमा गरिएको छ।
‘स्थानीय तहको अधिकार क्षेत्र बढ्दै जाँदा नागरिकलाई पु¥याउने सेवा प्रवाहका लागि आवश्यक जनशक्ति व्यवस्थापन, प्रशासनि व्यवस्थापन लगायत विषयमा बजेट छुट्याउँदा विकास निर्माणमा चाप परेको गाउँपालका अध्यक्ष कर्ण रावलले बताए ।
गाउँपालिकाको सीमित स्रोत साधनबाट मात्र पालिकाको विकास निर्माणलगायत सेवा प्रवाह गर्न नसकिने भएकाले नागरिक समाज, निजी क्षेत्र, सङ्घ संस्थालगायत सबैको साथ र सहयोगको अपेक्षासहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको उनको भनाइ थियो ।
बजेट तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्र, पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। अहिलेका जनप्रतिनिधिको ५ वर्षे कार्यकालभित्र गाउँपालिकाका पाँच वटै वडामा सडक सञ्जाल जोड्ने गरी बजेटको व्यवस्थ तय गरेको छ ।
त्यसैगरी आयआर्जन तथा सीप विकास कार्यक्रम सञ्चालन गरेर बेरोजगारी समस्या समाधान गर्ने गरी बजेटले कार्यक्रम समेटेको छ।