मधुश्रीको ‘सर्वनाम’ गजल संग्रह विमोचन

अर्जुन बोहरा

असार २९,२०८०
हुम्ला । साहित्यकार मधु बस्नेत शाही द्वारा लिखित ‘सर्वनाम’ गजल संग्रहको शुबmबार एक समारोहका बीच विमोचन गरिएको छ । आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मदिनमा अवसर पारी ‘सर्वनाम’ गजल संग्रह विमोचन गरेको हो ।
रेडियो कैलास एफ एम सिमकोटले सिमकोटमा शुक्रबार आयोजना गरेको कार्यक्रममा हुम्ला जिल्ला अदालत न्यायाधीस दिल प्रसाद सापकोटा र प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल लगायतले संयुक्त रुपमा गजल संग्रहको विमोचन गरे ।


विमोचित कृतिका बारेमा नव साहित्यकार तथा पूर्वाधार विकास कार्यालय हुम्ला लेखा अधिकृत नविन शाहीले समीक्षा गरेका थिए । समीक्षक शाहीले संग्रहमा सबै स्वाद समेटिएको विषयका गजलहरु समावेश भएको बताए ।
पेशाले शिक्षा पेशामा आँगालिकी शिक्षीका मधु बस्नेत शाही (मधुश्री)ले हुम्ला जिल्लामै बसेर चार वटा साहित्यिक कृति रचना गरेकी छन्। त्यस्तै कार्यक्रममा कवि एवं साहित्यकार मधुश्रीको ‘सर्वनाम’ गजल संग्रह चौथो कृति रहेको छ ।

यस भन्दा पहिलेनै बुन कविता सङ्ग्रह,मधुमाधव कथा सङ्ग्रह,तिमी र म गजल सङ्ग्रह र लगायत विभिन्न पत्रपत्रिका तथा अनलाइनहरुमा कविता,लेख रचना प्रकाशित भईसकेका छन । मधुश्रीको ‘सर्वनाम’ गजल संग्रहमा ५६ वटा गजल कृतिहरु प्रकाशित गरेको छ । यसमा कीर्तिमा बस्नेतले माया प्रेम, विकृति, विसंगतिलाई मुख्य विषयबस्तु समेटिएको छ ।


कार्याक्रमा समाजसेवि युवा नेता राज बहादुर रोकाया, मानसरवर माविका कक्षा ९मा अध्यनरत विद्याथी ठबेन्द्र भण्डारी लगायतले आफना कृति वाचन गरेका थिए । त्यसै गरि गजल संग्रह विमोचन कार्याक्रमा बोन्ने बक्ताहरुमा हुम्ला जिल्ला अदालत न्यायाधीस दिल प्रसाद सापकोटा सिमकोट गाउँपालिका उपाध्यक्ष शुशिला रोकाया बाम,प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल,प्रत्रकार महासंघ जिल्ला अध्यक्ष राजन रावत लगायतका बक्ताहरुले यस गजल संग्रह भित्र सबै विषय समेटिएको र अझै लेखिकाका लाई अन्य बिषयमा लेखनको कृतिको विकास गरोस भन्ने शुभकामाना मनतब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस