आज साउने संक्रान्ति पर्वमा कर्णाली सरकारले दियो सार्वजनि बिदा
साउन १,२०८०,सोमबार
सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘साउने संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।
कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार आज प्रदेशभर सार्वजनिक बिदाको सूचना प्रकाशन गरिएको मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए ।
कर्णालीको ऐतिहासिक सांस्कृतिक महत्व बोकेको साउन १ गते ‘साउने संक्रान्ति अर्थात् देउडा पर्व’ माथिल्लो कर्णालीका जिल्ला तथा वीरेन्द्रनगरमा भव्य कार्यक्रम गरेर मनाइँदैछ । बेथिति, विकृति र शारीरिक विकार मुक्त गरिने दिनका रुपमा मनाइने यो पर्वमा आज कर्णालीमा राँको बाल्ने र लुतो फाल्ने गरिन्छ ।
त्यस्तै,प्रत्येक जिल्लामा पनि‘साउने संक्रान्ति अर्थात् देउडा पर्व’मनाउँदै छन्।
हुम्लामा पनि हरेक महिनाको १ र १५ गते देउडा खेल्ने सांस्कृतिक मनाउने चलन रहिआएको छ । यहाँस्थित सिमकोटमा रहेको विद्युत कार्यालय प्रागणमा आज विहना ११ बजे देखि देउडा खेल खेलिरहेको छ भने बेलुका८बजे राँको बाल्ने र लुतो फाल्ने कार्यक्रम रहेको कर्णाली कलाकार हुम्लामा अध्यक्ष नवराव भण्डारीले बताए । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिनलाई आज देशभर साउने संक्रान्तिको रुपमा मनाइने गरिन्छ ।