भ्रष्टाचारको अभियोगम हुम्लामा ८जनाविरुद्ध मुद्दा दायर
साउन ८,२०८०
सिमकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चंखेली गाउँपालिकाका कर्मचारी लगायत ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
चंखेली गाउँपालिका प्रमुख प्रशासकी अधिकृत विष्णुबहादुर शाही लगायत आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
खानेपानी ट्याङ्की निर्माणका लागि प्राप्त भएको मुख्यमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतको रकममा भ्रष्टाचार गरेको अभियोगमा आयोगले प्रमुख प्रशासकीय अधिकृत शाही, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्ष लगायत विरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले प्रशाकीय अधिकृत शाही, इञ्जिनीयर मानबहादुर ऐडी, प्राविधिक सहायक गोभधन बोहोरा, लेखापाल नवीन रेग्मी, चंखेली गाउँपालिका–२ कावडाध्यक्ष हरिहर उपाध्याय, देवकोटावाडा खानेपानी ट्याङ्की निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैशी र कोषाध्यक्ष नन्दादेवी देवकोटाविरुद्ध रु ६ लाख ४८ हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।