विद्यालय ब्वस्थापन समितिद्धारा विद्यालयमा तालचा
साउन १०,२०८०
सिमकोट । एक सता भन्दा बढि विद्यालयमा शिक्षकहरुले नियमित पठनपाठन नगरेको भन्दै विद्यालय ब्यवस्थापन समिति र विद्यार्थिले विद्यालयको कार्यालय कक्षमा ताला लगाएका छन्।
हुम्लाको सर्केगाड गाउँपालिका ५बराई गाउँमा रहेको स्वम्भु आधारभुत विद्यालयमा शिक्षक नियमित हुनुपर्छ माग गर्दै अविभावकले ताला लगाएका हुन्।
लामो समयदेखि विषयगत शिक्षक शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
विद्यालयमा कक्षा १ देखि ८सम्म नेपाली विषय पढाउने शिक्षक नहुँदा आफूहरुको पठनपाठन प्रभावित बनेको उनीहरुको गुनासो छ ।
विषयगत शिक्षकको माग राख्दै विद्यार्थीहरु र विद्यालय ब्यवस्थापन समितिले विद्यालयमा ताला लगाएको विद्यालय ब्यवस्थापन समिति सदस्य शेर बहादुर रोकायाले बताए ।
विद्यालय सञ्चालनमा आएपनि शिक्षक नियमित नहुँदा पठनपाठनमा समस्या भएको बताएका छन । विद्यालयका प्रधानाध्यापक मनविर ऐडीले भने चार जना दरबन्दि,एक जना गाउँपालिका अनुदान र वडा बाट एक जना अनुदान गरि सात जना हामी शिक्षकरहेको बताए ।
उनले भने विद्यालयमा शिक्षक नियमित आएका छन, तर एक दुई शिक्षक भने दुई दिन पछि आउँछु भनि गएका हुन । विव्यवस अध्यक्ष संग विहान विद्यालयको काम छ भने आफु विद्यालयमा नगएको स्वीकार गरे । तर कुन कारणले विद्यालयमा ताला लगाए आफु लाई थाहा नभएको सबै शिक्षकहरु नियमित पठनपाटन भईरहेको बताए ।
विद्यालयका प्रधानाध्यापक ऐडीले भने शिक्षक नियिमितता बारेमा आफै लागिरहेको बताए। ‘के कारणले हो विद्यालयमा ताला लगाउनु आफु लाई कुनै पनि थाहा नभएको बताए । विद्यालयमा शिक्षकहरु नियमित नहुँदा सम्म ताला नखोल्ने अविभावकले चेतावनी दिएका छन्।