हुम्लाका तिन गाउँमा पहिरो :स्थानीय घर छोड्न बाध्य
साउन १३,२०८०,शनिबार
सिमकोट । लगातर परेको बर्षाले हुम्लाका तिन गाउँ बस्ती नजिकै ठूलो पहिरो गएको छ । पहिरोले सिङ्गो गाउँनै जोखिममा प¥यो छ भने स्थानीय बासस्थान छोडेर अन्यत्र जान बाध्य भएको स्थानीय प्रकाश ऐडीले बताए ।
हुम्लाको सर्केगाड गाउँपालिका वडा–८ रादेउ, २ रिप गाउँ,३ उनापानीमा,रोडिको कार्किक वडाको सिमाली लगायतको अन्य गाउँमा पहिरो जाँदा लाखौंको क्षति पुराएको छ ।
सार्केगाडका रादेउ, उनापानी र रिप गाउँमा ठूलो पहिरो जाँदा बस्ती जोखिममा परेको हो । साथै त्यहाँ लाखौंको क्षति भएको छ । पहिरो जाँदा पुल–पुलेसा, खेतबारी, घर र सडकहरुमा क्षति भएका स्थानीयले बताएका छन् । रादेउमा पुल–पुलेसा, घट्ट, काठेपुल र खेतबारी बगाएको हुँदा गाउँ नै जोखिममा परेको छ । स्थानीय रामबहादुर रोकायाको घरमा पहिरोले क्षति पुर्याएको स्थानीय प्रकाश ऐडीले बताए ।
हुम्लामा अधिकाँस गाउँमा पहिरो जाने संभावना भएपछि स्थानीय बासस्थान छोडेर अन्यत्र आश्रय लिन पुगेका छन् । गाउँमाथिको पहिरो खसेपछि जोखिममा परेको बस्तीमा राहदेव,रिप,उनपानी,रोडिकोको लगायतबा बस्तीमा वर्षा लागेसँगै पहिरो झर्न थालेको रोडिकोट गाउँका राजेन्द्र कार्किले बताए । पहिरो झर्न थालेपछि स्थानीयलाई कसरी ज्यान जोगाउने चिन्ता बढेको स्थानीय कार्किले बताउनुभयो ।
रिप गाउँमा २३० घरधुरी रहेको र गाउँ वरपरका खेतबारीमा पहिरो जाँदा त्यहाँ रहेका सबै गाउँले नै त्रसित अवस्थामा छ । वरिपरिका खोलानालाहरु बढेर गाउँ पसेका छन् भने भएका पुलहरु सबै बगेका छन्।
उनापानीमा भने तातोपानी लघुविद्युत् आयोजनाको पावर हाउसमै पहिरोले क्षति पुर्यासएको छ । त्यस गाउँमा रहेका तातोपानीका कुण्डहरु सबै पुरिएका छन् । खानेपानीका मुहान पुरिनुका साथै खेतबारीमा लगाइएको धान,मकै, लगायतको बाली पहिरोले बगाएको स्थानीय मनशत्ते बहादुर थापाले बताएका छन ।
निरन्तरको वर्षा र पहिरोको त्रासले उद्धार टोलीका लागि समेत सर्केगाड पुग्न समस्या परेको छ । जिल्लाबाट प्रहरी निरीक्षक राजन भट्टराईको नेतृत्वमा ३० जनाको प्रहरी, लप्टन पवन पन्तको नेतृत्वमा २५ जना र सशस्त्र प्रहरी १५ जना गरि ७० जना शनिबार विहन सिमकोटबाट पहिरोको अनुगमन र पीडितहरुको उद्धारमा लागि तिनैवटा सुरक्षाकर्मि खटिएका छन ।
यहाँका तिन गाउँमा घर उच्च जोखिममा छन् भने अन्य गाउँपालिकाका स्थानीय घर पनि पहिराको जोखिममा छन् । मानबिय क्षेति नभए पनि ठुलै भौतिक क्षेति भएको प्रमुख जिल्ला अधिकारी श्रीनाथा पौडेले बाताए ।
थप के कति क्षेति भएको बारेमा जिल्लाबाट तिनैवटा सुरक्षा निकाया पठाएको बताए । स्थााियबाट जानकारी आए पनि प्रहरीको टोली घटनास्थलमा पुगे पछि मात्र क्षतिको यकिन गर्न सकिन बताउनु भयो ।