बाढीले पुल बगाएपछि रिपगाडमा सेनाले बनायो काठेपुल

मन्दिर सिंह

साउन २०,२०८०
सिमकोट । हुम्लाको सर्केगार्ड गाउँपालिका–२को रिपागाडमा बाढीले पुल बगाएको स्थानमा नेपाली सेनाले काठेपुल बनाएको छ।
सेनाले अविरल वर्षाको कारण बाढी तथा पहिरोले हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिका –२को रिप स्थित रिपगाडमा पुल बगाएको स्थानमा नेपाली सेनाले र स्थानीय बासिन्दा सँगको सहकार्यमा काठे पुल निर्माण गरेको हो। सेनाले पुल बनेपछि स्थानीय बासिन्दाहरुलाई आवतजावत गर्न सहज भएको जनाएको छ।
बर्खामा पानी बढेको खोलामा पैदल यात्रुलाई आवतजावत गर्न कठिन हुँदा बराह दल गुल्म रानीवनका नेपाली सेनाको सहयोगमा उक्त काठेपुल निर्माण गरिएको हो।


खोलामा बाढीले पुल बगाएपछि बढेको पानी तर्न पैदल यात्रुलाई कठिन हुँदा गएको हप्ता अगाडि पहिरोले क्षति पुर् याएको जीर्ण झोलुंगे पुल तर्न बाध्य हुँदै आएका थिए।रिपगार्ड खोलाको बाढीले बगाएको पुल निर्माण गरी आवतआवतमा सहजता भएको बराह दल गुल्मका सेनानी दिनेश खड्काल बताए।

प्रतिक्रिया दिनुहोस