परिवर्तनका लागि कलम चलाउन सञ्चारकर्मीलाई आग्रह
साउन २०,२०८०शनिबार
हुम्ला। पत्रकारीता क्षेत्रको विकासका लाग दलहरुले सञ्चारकर्मीलाई देशलाई सही बाटोमा डोर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियनले संचालन गरेको पत्रकारीता क्षेत्रको विकासका लागी राजनितिक दलको भुमिका विषयक विचार गोष्ठीमा आज (शनिबार) बिपी स्मिृत भवनमा आयोजना गरेको कार्याक्रममा बोल्ने व्यक्ताहरुले समाजको अग्रगामी परिवर्तनका लागि सत्य,तथ्य,निष्पक्ष रुपले कलम चलाउन सञ्चारकर्मीलाई सुझाब दिए ।
कार्यक्रममा बोल्ने बक्ताहरु मध्ये कांग्रेस कार्यवाहक सभापति कैलाश भण्डारीले सञ्चार क्षेत्रले परिवर्तन गर्न सक्ने भएकोले विश्वसनीय, यथार्थम र सकारात्मक सामग्री भएको समाचार प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गरे।
त्यसैगरी, नेकपा एमाले सचिव तीर्थराज बोहराले सत्य,तथ्य र वास्तविक विषयवस्तुमा सञ्चारकर्मीले ल्याउनु पर्ने बताए ।उनले राजनीति र सञ्चार एकअर्काका परिपूरक शक्ति भएको बताए ।
माओवादी केन्द्र जिल्ला पार्टी सचिव धर्मराज बोहरा (विज्ञान)ले सञ्चारकर्मीले नकारात्मक समाचार मात्र नलेखेर सकारात्मक सन्देश दिने समाचारमा ध्यान दिनुपर्नेमा जोड दिदैं समाजमा सकारात्मक सोचको विकास गराउन सञ्चारकर्मीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।उनले भने सञ्चारकर्मीले समाचार सामग्री बाहिर ल्याउने क्रममा सञ्चारकर्मीले कसैको लोभलालसमा नफस्न आग्रह गरे ।
राप्रपा जिल्ला अध्यक्ष विकास महतले पत्रकारिता क्षेत्र महत्वपूर्ण भएको कारण पत्रकारले राष्ट्रका पक्षमा सत्यतथ्य विश्वसनीय समाचार पस्किन आग्रह गरे ।
नयाँ राज्य व्यवस्थामा नयाँ तरिकाले सोच, व्यवहार, कार्यशैली देखाउनु जरुरी रहेका बताउँदै कांग्रेसका उपसभापति वसन्त रोकायाले आफ्नो जिम्मेवारी पूरा गर्नु पर्ने सुझाब दिए । हुम्लामा पत्रकारिता क्षेत्र बामे सरेको अवस्थामा अहिले सञ्चारकर्मीहरु व्यावसायिक रूपमा लागेको सकारात्मक भएकोले सत्बताउँदै पीत पत्रकारिता नगर्न आग्रह गरे ।
कार्यक्रममा सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशिला(रोकाया)भामले समाजलाई समृद्ध बनाउने नयाँ ढङ्गले काम गर्नुपर्ने सुझाव दिँदै विकृतिको अन्त्य पत्रकारिता क्षेत्रबाटै विश्वास हुने भएकोले सञ्चारकर्मीले विशेष ध्यान दिन सुझाब दिईन् ।
पत्रकार महासंघका जिल्ला अध्यक्ष राजन रावतले सञ्चार क्षेत्रको विकास संगै पाठ्यक्रम निर्माण गरी अध्ययन अध्यापनको शुरु वात गर्नु पर्ने बताए । उनले भने मिडियाले दलगत भावनावाट मुक्त भई काम गर्नुपर्नेमा आग्रह गरे ।
उनले जिल्लामा हुने सबै खाले विकृति–विसंगतिलाई बाहिर ल्याएर सुशासन कायम गर्न सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गरे। स्थानीय तह, जिल्लाका सबै सेवाप्रदायक निकायको वाचडगको रुपमा पत्रकार उभिनुपर्ने बताउँदै उनले जिल्लाका सबै खाले विषयको उठान गर्नुपर्ने बताए।
कार्यक्रममा नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामाले राज्यको चौथो अङ्ग पत्रकारबाट धेरै कुरा जानकारी हुने भएको समाचार सत्य,तथ्य निष्पक्ष र जिम्मेवारी रुपयमा ल्याउनु पर्ने बताए।
कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष नन्द सिंह, प्रेश सेन्टर सचिव भक्तराज ऐडी, समाजवादी प्रेस संगठनका अध्यक्ष मिमसिंह नेपाली, विपी चिन्तन प्रतिष्ठानकी सभापति मधु बस्नेत शाही लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए।