एकीकृत अखिल नेपाल शिक्षक संगठन सिमकोट गाउँपालिकाको अध्यक्षमा बाँच बहादुर विक

सूर्यमणि बोहरा

साउन २०,२०८० शनिबार
सिमकोट । एकीकृत अखिल नेपाल शिक्षक संगठन सिमकोट गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार हुम्लाको सिमकोटमासम्पन्न भएको संगठनको अधिवेशन बाट गाउँपालिका समिति अध्यक्षमा बाँच बहादुर विक सर्वसम्मत चयन हुनु भएको छ ।
यस्तै संगठनको बरिष्ठ उपाध्यक्षमा दान बहादुर भण्डारी, महिला उपाध्यक्ष छिरिङ पुनर लामा, सचीव लेखनाथ भण्डारी, कोषाध्यक्ष पुष्पा थापा भण्डारी, सदस्यहरुमा धन दमाई,नोर्ला लामा, रतन बोहोरा,शेर बहादुर लामा, शुशिला शाही र वर्ष भण्डारी गरि ११ सदस्यीय गाउँपालिका समिति चयन गरिएको हो ।


नवगठित समिति लाई बधाइ तथा शुभकामना कार्याक्रमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कर्णाली प्रदेश सदस्य जस बहादुर भण्डारीले शैक्षिक परिवर्तनमा नेपाली शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताए ।
शनिबार माओवादी केन्द्रकाृ पार्टी कार्यालयमा सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक संगठनको दोस्रो सिमकोट गाउँपालिका समितिको अधिवेसनमा बोल्दै जिल्ला समन्वय समितिका सचिव धर्मराज बोहराले शैक्षिक क्षेत्रमा रहेको विकृति र विसंगति हटाउन यो सगठन लागि पर्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सर्केगाड गाउँपालिका समितिका अध्यक्ष छबी थापा, माओवादी केन्द्र केन्द्रीय सल्लाहाकार श्रीङखला, एकीकृत अखिल नेपाल शिक्षक संगठन समिति अध्यक्ष राजन रावत,शिक्षक महासंघ महासंघ सिमकोट गाउँपालिका अध्यक्ष बिष्णु बहादुर बोहरा, पूर्व जिल्ला समन्वय समितिका सभापति दान बहादुर रावत,सल्लाहकार सदस्य तथा पूर्व स्रोतव्यक्ति बमबहादुर थापा, एकीकृत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस