बर्षाले यस बर्ष उत्पादन बढ्यो उवा बाली(फोटो फिचर)

अर्जुन बोहरा

साउन २१,२०८० आईतबार
सिमकोट । उत्तरी हुम्लाका किसानलाई यतिखेर उवा भित्रयान चटारो छ । सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाका अधिकाँस गाउँका किसानहरुले उवा,जौउ भित्रयाने गरेका छन ।
समुद्र सतहदेखि करिब ५ हजार मिटरको उचाइमा रहेको नाम्खा गाउँपालिका –६लिमी गाउँमा उवा बाली किसानहरू भित्रयान व्यस्त छन् । हिमाली भेगमा लगाइने यो बाली साउनमा र भदौमा भित्र्याइन्छ ।


यस बर्षमा लगातार हिंपात र बर्षाले गर्दा हिमाली जिल्ला हुम्लाका उतरी क्षेत्रको मुख्य बाली उवाको उत्पादन बृद्धि भएको छ । १० महिनामा पाक्ने उवा खेती सिँचाइ सुविधाको अभावमा किसानलाई समस्या हुने गरेको थियो ।
भदौ अन्तिमदेखि असोज महिनासम्म पाक्ने उवामा कुनै त्यस्तो रोग नलागे उत्पादनमा पनि बृद्धि हुने विश्वास स्थानीय किसानको रहेको छ । लगातर बर्ष बाट तीन सय रोपनी जग्गामा उत्पादन हुने वडा अध्यक्ष पाल्जोर तामाङले बताए ।


उतरी हुम्लाको नाम्खा गाउँपालिका लिमी,जाँग,हल्जी, केर्मि, खलगाउँ,यारी, मुचु र सिमकोट गाउँपालिका ठेहे,बरगाउँ,सिमकोट,डाँफया,बरुराउँसे,स्याँडाका किसानले हिउँदेबाली भित्र्याएका छन ।
उच्च हिमाली भेगका साथै अत्यधिक चिसो कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाएको अन्नबाली उवा (नाफल) अहिले भित्र्याउन लागेको सिमकोट गाउँपालिका–२ गोरासिंह बोहराले जानकारी दिए। यति खेर उतरी हुम्लामा अहिले उवा पोकेर पहेँलपुर अवस्थामा बताए ।


यति खेर किसानहरु बिहानदेखि बेलुकीसम्म खेतबारीमै व्यस्त हुने गरेका छन्। आकाशे पानीको भरमा लगाइने उवा र गहुँ असोजमा लगाएको बालि १०महिना पछि भने साउनमा भित्र्याउने काम हुन्छ। हिउँद याममा हिमपात हुने भएकाले आफ्नै घरमा खाद्यान्नको जोहो गरी बस्छन् ।


अघिल्लो वर्षको भन्दा यो वर्ष गहुँ र उवा राम्रो उत्पादन हुने सम्भावना बढेको कांसङ डोल्मा तामाङले बताए । यस बर्ष पानी धेरै परेका कारण उत्पादन बढ्ने आकलन गरेका छन् । उवा धेरै पौष्टिक तत्वयुक्त खाद्यान्न बाली हो ।
अझै विशेष गरि उच्च हिमाली क्षेत्रमा उत्पादित खाद्य बालिमा पौष्टिक तत्व अन्यको तुलनामा अतुलनीय रहेको हुन्छ । उवाको रोटी, सातु र अरु बिभिन्न परिकार बनाउँ छन । रोटीको साथै सातु पनि स्थानीयवासीले खानाको रुपमा खान्छन्। मुख्यबालीका रुपमा रहेको उवा,जौउ, गहुँ हिउँदे बाली उत्पादन राम्रो भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस