सेवाग्राही विना नै सकियो नाम्खा गाउँपालिको सार्वजनिक सुनुवाइ

फिल्को मिसन

साउन २९,२०८०
हुम्ला । उतरी हुम्लाको नाम्खा गाउँपालिकाको सार्वजनिक सुनुवाई गरिएको छ। आवा ०७९÷८० मा गाउँपालिकाको कुल आम्दानी ४५ करोड २१ लाख रुपैयाँ रहेकोमा ब्ययतर्फ ४१ करोड ३९ लाख २१ हजार ४८३ रहेको विवरण गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकुतले गरेका थिए।
संघ र प्रदेशबाट २करोड ३ लाख ४१ हजार बजेट फिर्ता गएको प्रस्तुतिमा उल्लेख गरिएको थियो। कार्यक्रममा गाउँपालिका कृषि, पशु, स्वास्थ्य, शिक्षा शाखाका प्रमुखहरूले जिज्ञासाको जवाफ दिएका थिए ।
सुचनाको हक सम्वन्धि ऐन ०६४ र नियमावली ०६५ ले निर्देसित गरे अनुसार हरेक सार्वजनिक निकायले वर्षमा कम्तिमा तीन पटक सार्वजनिक सुनुवाई गर्नु पर्ने भए पनि नाम्ख गाउँपालिकाले बार्षिक रुपमा सुनुवाई गर्ने परिपार्टी बसेको छ।


सार्वजनिक सुनुवाई गरेको नाम्खा गाउँपालिको सार्वजनिक सुनुवाईमा प्रसंग नमिलेको भन्दै सहभागिले कडा आलोचना गरेका छन।
माहावौद्ध मावि याल्वाङ्गको प्रारगणम गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको एक देखि ६ वडाका सेवाग्रही सूचान दिनुपर्ने भन्दै सार्वजनिक सुनुवाई गरिएकोप्रति नागरिक समाज र स्थानीय राजनीतिक दलका नेताहरुले कडा आलोचना गरका छन ।
उनिहरुले सुचनाको हक सम्वन्धि ऐनले ब्यवस्था गरे अनुसार सार्वजनिक स्थलमा स्वयम सेवाग्राहीको सहभागितामा गर्नु पर्ने सार्वजनिक सुनुवाई नाम्खा गाउँपालिकाका आफनै कर्मचारी बिच सभागि मात्रै भएको बताए ।


कार्यक्रम नै जनताको परीक्षण भएका कारण बढीभन्दा बढी सेवाग्राहीलाई उपस्थिति गराउन उनीहरूले गाउँपालिकालाई सुझावसमेत दिएका थिए। सहभागीको तर्फबाट जिज्ञासा राख्नेमा नाम्खा गाउँपालिकाका कांग्रेस सभापतिसमेत रहेका सुनामबहादुर लामाले जसका लागि कार्यक्रम आयोजना गरिएको हो। उनीहरूको उपस्थिति न्यून भएकोमा आपत्तिसमेत जनाए। गाउँपालिकामा अडिड गर्दा जलपल,मलेपा,आलेपा हुनु पर्ने सुझा दिए ।


त्यसैमा पनि सहभागि र राजनिति दलका, सम्बन्धित कार्यालयकै कर्मचारिको सहभागिता थियो भने पत्रकारहरुको सहभागिता रहेको थियो। अधिकाँस प्रश्नकर्ताहरुले सोधको प्रस्भनमा सार्वजनिक सुनुवाईको कुनै औचित्य नहुने र अबका दिन देखि यसलाई सुधार गर्दै लैजानु पर्ने सुझाब राखेको थिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले सबै वडामा सार्वजनिक कार्याक्रको जानकारी गराएकोमा उपस्थिति कम भएकाले यसमा दुःखीत भएकोले आगामि बर्षमा नदोहरीने बताए ।


कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले अधिकाँस बासिन्दाहरु चीनको ताक्लाकोटमा कामको शिलशिलामा गएको, जडीबुटी संकलनमा लागेको, खर्कमा गएका कारण पनि कम उपस्थिति भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस