लद्दाखमा सैनिक सवार ट्रक दुर्घटना, नौजनाको मृत्यु

फिल्को मिसन

भाद्रा ३,२०८०

एजेन्सी ।भारतको लद्दाखस्थित लेह जिल्लामा सैनिक सवार ट्रक दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ।

एक जुनियर कमिसन अफिसर र आठ जवानको मृत्यु भएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ। शनिबार साँझ १० जना सवार ट्रकमा रहेका अर्का एक जना घाइते भएका छन्।

एउटा एम्बुलेन्स र एक भ्यानसहित केरी भनिने क्षेत्रतर्फ जाँदै गरेको ट्रक सडकबाट खसेको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ। दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस