केरुङ हुदै खाद्यान्न हिल्सामा पुग्यो

फिल्को मिसन

भदौ १३, २०८०
सिमकोट । हुम्लाको लागि खाद्यान्न काठमाडौँबाट केरुङ नाका हुँदै हिल्सामा पुगेको छ । काठमाडौँको केरुङ नाका हुँै तिब्बती मार्ग भएर हुम्लाको लागि खाद्यान्न हिल्सामा तीन दिन लगाएको थियो ।
उक्त खाद्यन्न बोकेका चालीस वटा गाडी हिल्सा आइपुगेको नेपाल खाद्ययन्न संस्था सिमकोट शाखाले जनाएको छ ।काठमाडौंमा लोड भएको खाद्ययन्न तिन अगाडि काठमाडौँबाट छुटेका थिए। खाद्यन्नको समस्या भएको बेला लिमिटेडले ४ हजार क्विन्टल खाद्यन्न पैदल मार्गबाट पठाएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार जिल्लामा खाद्यन्न अभाव भएको बेलमा काठमाडौंको केरुङ नाका हुँदै तिब्बती मार्गबाट हिल्सा– सिमकोटसम्म चार हजार क्वीन्टल खाद्यन्न हिल्सा आइपुगेको बताए ।
सबै प्रक्रिया पुरा भएपछि खाद्यान्न केरुङबाट हिल्सा पुग्न तीन दिन लागेको हो । अहिले ढुवानी भएको खाद्यान्न मध्ये सिमकोट शाखा र नाम्खा गाउँपालिकाको याल्बाङ बिक्री केन्द्रमा राखिने खाद्यान्न हिल्सामा पुगेको नेपाल खाद्य संस्थान सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए । उक्त खाद्यन्न मध्य १ हजार क्विन्टल नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ बिक्री केन्द्रका लागि र ३ हजार क्विन्टल सिमकोट शाखाको लागि ढुवानी गरेको छ ।

                                                            हवाई मार्गभन्दा सस्तो ढुवानी स्थलमार्गबाट खाद्ययन्न
काठमाडौँबाट केरुङ नाका हुँदै तिब्बती मार्गबाट ढुवानी भएर आउने खाद्यान्न हवाई मार्गभन्दा सस्तोमा ल्याएको छ । जिल्लामा खाद्यान्नको समस्या भएका बेला लिमिटेडले ४ हजार क्विन्टल खाद्यान्न हुम्ला ल्याएको छ ।
काठमाडौँ, केरुङ, तिब्बत र हिल्सा हुँदै सिमकोट पुग्ने खाद्यान्न प्रतिक्विन्टल ७ हजार ५ सय, नाम्खा गाउँपालिकाको याल्वाङसम्म ढुवानी हुने प्रतिक्विन्टल खाद्यान्न ४ हजार ८ सय रुपैयाँ ढुवानी लागेको छ ।
नेपालगञ्जबाट हवाई मार्गबाट ढुवानी हुने खाद्यान्नको हवाई भाडा प्रति क्विन्टल १६ हजार रुपैयाँ ढुवानी गरेको छ भने सुर्खेतबाट प्रति क्विन्टल १५ हजार ५ सय रुपैयाँ खाद्ययन्न लिमिटेडले तिर्दै आएको छ ।
खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले काठमाडाँैबाट रसुवाको केरुङ नाका हुँदै तिब्बती मार्ग भएर हुम्लाको सदमुकामा सिमकोटमा पुग्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस