माओवादी अभियानः खार्पुनाथ पालिका स्तरीय बैठक तथा प्रशिक्षण सम्पन्न

अर्जुन बोहरा

भाद्रा २०, २०८०
सिमकोट । हुम्लाा घरघरमा माओवादी जनजनमा माओवादीको नारा सहित नेकपा माओवादी केन्द्रले सुरु गरेको अभियान अन्तर्गत खार्पुनाथ पालिका स्तरिय बैठक तथा प्रशिक्षण आज सम्पन्न भएको छ । “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” को तयारीका लागि आज (मंगलबार) खार्पुनाथ गाउँपालिकाको प्रशिक्षण कार्याक्रम सम्पन्न भएको हो ।


मंगलबार दिउँसो खार्पुनाथको याक्चुवगरमा आयोजना भएको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीकि केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज झक्क बहादुर मल्ल (सुदीप)ले प्रचण्ड नेतृत्वको सरकारले आज पहिलो पटक भ्रष्टाचार लाई जेलमा हालेको इतिहाँस छ । देशमा व्यप्त मौलाएको भ्रष्टाचारको जालोलाई च्यात्न सफल भएको बताए। “माओवादीबाट जुनसुकै काण्डमा नेताहरू मुछिए पनि जेल जान तयार हुनुपर्छ, भ्रस्टाचार गर्ने छुट कसैलाई पनि छैन,” मल्ले जोड दिए ।


उनले यसअघिका सरकारले व्यापारका नाममा अवैधानिक तरिकारले ठुला ठुला तस्करीका काम गरिरहेको आरोप लगाए । उनले माओवादी आन्दोलनबाट स्थापीत भएका मुद्धाका साथमा माओवादी जनतामा जानुपर्ने बताएका हुन्।

सरकारको नेतृत्व माओवादीले गरिरहेको समयमा भष्ट्राचारको विरूद्धमा भैरहेका कामलाइ प्रचार गर्दै जनतामा लिनुपर्ने बताएका उनले सुशासनको क्षेत्रमा सरकार लागि परेको बताए ।
तिन महिने अभियानका लागि हुम्ला जिल्लाको इन्चार्जको भुमिकामा रहेकाले नेता कार्यकर्तामा देखिका समस्या समाधान र जनयुद्धका उपलब्धिको रक्षाका लागि आफु हुम्लाामा आएको बताए ।


कार्यक्रममा बोल्ने बक्तामा खार्पुनाथ गाउँपालिका इन्चार्ज विरजन शाही खार्पुनाथ लाई अझ लिडरको रूपमा पार्टीको स्तर उठाई छाडेने बताए ।
उनले नेता कार्यकर्ताहरुलाई सक्रिय बनाउन तीन महिने अभियामा प्रत्येक कार्यक्रताको घर घरमा जाने प्रतिवद्धाता जनाए । तीन महिने अभियानमार्फत पार्टीको योजना र सरकारका कामहरुको सन्देश जनतामाझ गएर राखिने शाहीले बताए ।

निर्वाचन भएपछिको एक वर्षमा अवधिमा पनि केहि गर्न नसिएको कर्णाली प्रदेश संसाद जुम्कीत लामा बताउँछिन् । ‘एकवर्षे अवधिलाई मूल्यांकन गर्दा यसलाई सिकाइको चरणको रूपमा दिन बितेको बताइन् । स्वास्थ्य, शिक्षा, पूर्वाधार, सुशासनका कार्यमा जनअपेक्षाकृत कार्य गर्न नसकिएको लामाको भनाई छ । अबको चार बर्ष सम्म पार्टी र जनताको आंकाक्षा अनुसार जाने आफु रहेको संसद लामाले बताईन् ।

कार्यक्रममा वडा नं १ बाट धनलाल चौलागाई (आभान) शाही, वडा नं २ बाट र पूर्णसि रोकाया (साहित्य) , वडा नं ३ बाट दिप बहादुर सिंह, वडा नं ४ बाट नर बहादुर भण्डारी युगान्त र वडा नं ५ बाट अर्जुन बोहराले आफनो वडाको रिपोर्ट राखेका थिए ।


उनिहरूले पार्टिमा देखिएका समस्याका देखाउदै जनतामा जाँदा हुने समस्याका बारेमा रिपोर्ट राखेका थिए । बैठकले केन्द्र, प्रदेश र जिल्लाबाट प्राप्त कार्ययोजनामा रहेर काम गर्नेगरी पालिका स्तरिय कार्ययोजना निर्माण गरेको छ ।

अन्य गाउँपाकिामा नाम्खा, सिमकोट,ताँजकोट,चंखेली,अदनचुली र सर्केगाड गाउँपालिकमा बैठक तथा प्रशिक्षण कार्यक्रम गरिने माओवादी केन्द्र जिल्ला हुम्लाले बताएको छ ।नेकपा माओवादी केन्द्र हुम्लाले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानका लागि तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस