पूर्व मुख्यमन्त्री शाहीद्वारा अक्सिजन प्यान्ट उद्घाटन

अर्जुन बोहरा

भाद्रा २१,२०८०
सिमकोट । हिमाली जिल्ला हुम्लामा अक्सिजनका लागि सिलिन्डर भर्ने उपकरण बुस्टर फिलिङ्ग सञ्चालनमा आएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा जडान भएको अक्सिजन प्लान्टको विहीबार बाट पूर्व मुख्यमन्त्री तथा कर्णाली प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता जीवन बहादुर शाहीले उद्घाटन गरेका छन् ।
हुम्ला जिल्ला अस्पतालका लागि प्रदेश आपूर्ती व्यवस्थापन केन्द्रले बुस्टर उपकरण पठाएपछि जिल्लामा अक्सिजन भर्न जिल्ला बाहिरमा विरामी लैजाने समस्या अव देखि टरेको जिल्ला अस्पताल निमत्त प्रमुख प्रेम सिंहले बताए ।
यसअघि हुम्ला अस्पतालमा बाहिरी जिल्लाबाट अक्सिजन ल्याए पनि बुस्टर उपकरण नहुँदा खाली अक्सिजन सिलिन्डरमा अक्सिजन भर्ने काम हुनसकेको थिएन।


गत हप्ता देखि कर्णाली प्रदेश आपूर्ती व्यवस्थापन केन्द्रबाट खटिएका प्राविधिक टोलीले अस्पतालमा बुस्टर उपकरण जडान गरेपछि जिल्लामै अक्सिजन भर्ने सुविधा सहज भएको छ ।
हुम्ला जिल्ला अस्पतालमा अक्सिजन भर्ने बुस्टर उपकरण जडान भएसँगै स्थानीय विरामी र धार्मिक तथा पर्यटकीय जिल्ला हुम्लामा अक्सिजनको अभावमा अकालमा ज्यान गुमाउनु पर्ने समस्या समाधान भएको प्रमुख सिंहको भनाइ छ।


समुन्द्री सतहदेखि २ हजार ९ सय मिटर भन्दाको उचाइमा अवस्थित सिमकोट अस्पातलमा जिल्लामा आउने पर्यटकलाई हाइअल्टिच्यूडको समस्या हुने गरेको र तत्काल अक्सिजनको सुविधा नहुँदा अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता थियो। जिल्लाममै अक्सिजन भर्न थालिएपछि दुर्गमका स्थानीयदेखि स्वदेशी तथा विदेशी पर्यटकलाई समेत अक्सिजन उपलब्ध सहजता देखिएको छ ।
भौगोलिक विकट कारण हुम्लामा खराब मौसम कारण हवाइ सेवा समेत नियमित नहुँदा अक्सिजनको समस्या थियो,भने बिरामीलाई गुणस्तरीय अस्पतालमा उपचार गराउन लैजान समस्या पर्ने गरेको थियो।


जिल्ला अस्पताल हुम्लामा अक्सिजन भर्ने सुविधा सुरु भएसँगै एक दिनमा करिव ५७ लिटरका एक दर्जन सिलिन्डरमा भर्न सकिने अस्पतालका प्रमुख सिंहले बताए ।
जटिल प्रकृतिका बिरामीलाई अक्सिजनको आवश्यकता पर्ने गर्दछ। कर्णाली प्रदेश सरकारले ३९लाखा ९० हजार लागतमा अक्सिजन बुस्टर उपकरण ब्यवस्थापन गरेको छ ।
अक्सिजनको उद्घाटनको क्रममा पूर्व मुख्य मन्त्री शाहीले जिल्लामा रिर्सजको लागि समस्या नभएको तर जिल्ला अस्पताका कर्मचारी र ठेक्केदारी विच आएको बजेट लाई कार्यन्वयन नगेको गुनोसो पोखे ।
अक्सिजनका लागि यहाँका नागरिकले भोग्दै आएका समस्या अब सधैँका लागि समाधान भएको बताए। उनले भने “मानिसको जीवनमा अक्सिजन नभई नहुने भएकाले अक्सिजन नहुँदा हुम्लामा निकै समस्या थियो, अब देखि अस्पतालमै अक्सिजन उपलब्ध भएपछि बिरामीलाई सहज हुने छ ।” उनले जिल्ला अस्पतालको अन्नय स्तरोन्नति सहित विकासका लागि आफु सधैँ सकारात्मक रहेको बताए ।
जिल्लामै अक्सिजन प्लान्ट सञ्चालनमा आउनु राम्रो भएको कर्णाली प्रदेशका संसद विजय बोहराले खुसी व्यक्त गरिन् ।
हुम्लामा गत आर्थिक वर्षमै जडान हुनुपर्ने भए पनि काम ढिलो भएका कारण हाल आएर प्लान्ट जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक भण्डारीले जानकारी दिए।


उनका अनुसार केही दिनभित्रमै अस्पतालका सबै बेडमा अक्सिजन आपूर्ति गरिने बताए । विगतमा अक्सिजन अभावका कारण महामारीका रूपमा फैलिएको कोरोना भाइरसका लगायतका विरामीहरु दर्जनौँले ज्यान गुमाएका थिए । आउने दिनमा कोरोना लगायतका घातक रोगको प्रकोप देखिएमा बिरामीको उपचारमा सहजता हुने उद्देश्यका साथ उक्त अक्सिजन जडान गरिएको बताए ।
अक्सिजन स्थापनासँगै अब जिल्ला अस्पताल हुम्लाले यहाँका विरामी लाई, नेपालगञ्ज र सुर्खेत लगायतका सहरमा गएर अक्सिजन खरिद गर्नुपर्ने बाध्यता हटेको छ । जसका कारण अस्पतालले खरिद देखि ढुवानी सम्मको अक्सिजनमा गर्दै आएको खर्चमा र विरामी समेतको खर्च जोगिएको छ ।

 

प्रतिक्रिया दिनुहोस