हुम्लामै एम्बुलेन्स सेवा संचालन शुरु
भाद्रा २१,२०८०
सिमकोट । भारत सरकारले जिल्ला अस्पातल हुम्ला लाई एम्बुलेन्स सहयोग गरेको छ । यो सँगै जिल्लाले दोस्रो पटक एम्बुलेन्स पाएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले बुधबार विहान उक्त एम्बुलेन्सको पनि उद्घाटन गर्नुभएको थियो । काठमाण्डौंबाट केरुङ, हिल्सा हुँदै सदरमुकाममा रहेको जिल्ला अस्पतालमा पुगेको एम्बुलेन्सको पूर्व मुख्यमन्त्री शाहीले स्वयम आफै चालक बनेर तीस सेकेण्ड जती अस्पताल परिसरमा गाडी गुडाएर उद्घाटन गर्नुभएको हो ।
दुर्गम हिमाली जिल्ला हुम्लामा हालसम्म एउटा पनि एम्बुलेन्स संचालनमा आएको थिएन । आन्तरिकरुटको यातायातको सुविधा भएपनि अहिले सम्म जिल्लामा एम्बुलेन्स सेवा नहुदा धेरैले अकालमै ज्यान गुमाउनु परेको थियो ।
भारत सरकारले खार्पुनाथ गाउँपालिकामा पहिलोपपटक एम्बुलेन्स प्रदान गरेको थियो भने अहिले दोस्रो पटक जिल्ला अस्पतालको मातहतमा रहने गरी एम्बुलेन्स उपलब्ध गराईएको हो ।
यस जिल्लामा एम्बुलेन्स संचालनको लागी लामो समयदेखि पहल गरेपनि एम्बुलेन्स सेवा संचालनबाट बञ्चित थियो । भारत सरकारबाट प्राप्त एम्बुलेन्सलाई सडक संचाल नहुँदा काठमाडोैको केरुङ्ग नाका हुँदै चिनको तिब्बतको ताक्लाकोट हुँदै हुम्लाको हिल्सा सम्म पुराएको थियो ।
पूर्व मुख्य मन्त्री शाहीले भन्नुभयो, ‘ग्रामिण क्षेत्रका नागरिकलाई तत्काल उपचारका लागि आपतकालिन विरामीको लागि एम्बुलेन्स उपयोगी हुने बताए ।’आफु हुम्लामा कोही पनि गरिब, दुखि विरामीले जिल्ला बाहिर उपचारका महंगो खर्च तिरेर नजाउन भनेर विशेषज्ञ चिकित्सक देखि स्वास्थ्य सामाग्री पर्याप्त उपलब्धताका गराउनको लागि लागिपरेको शाहीले बताउनुभयो ”।
विगतमा कार्यालय सहयोगीका भरमा विरामी उपचारका लागि सिटामोल वितरण हुन्थ्यो, कार्यालय सहयोगी लाई डाक्टर सर नमस्कार भनेर औषधि माग्नुपर्ने अबस्था थियो । सामान्य विरामीले औषधि नपाउने स्थिती थियो शाहीले भने
हुम्लाका निमार्ण व्यवसाय र व्यापरीका सामग्री संगै उक्त एम्बुलेन्स पुगाउन बाध्य भएको नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति जपति रोकायाले बाताए । उनले निमार्णका सामग्रीका सामान संगै आफुले एम्बुलेन्स हुम्लाको सिमकोटमा पुगाएको जानकारी दिए । काठमाडौं, केरुङ, चीनको सिमानाका हिल्सा हुँदै जिल्ला अस्पताल एम्बुलेन्सको ढुवानी सात लाख खर्च भएको बताए ।
भारतको सहयोगमा आएको एम्बुलेन्सको उद्घाटन भएसंगै स्थानीय खुशी भएका छन् । अब सेवा ग्राहीले पैदल तथा डोको पिठ्युँ, स्टेचरमा बोकेर उपचारका लागि अस्पतालसम्म पुर्याउनु पर्ने दिन हटेको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिपक भण्डारीले बताउनुभयो ।
एम्बुलेन्स उद्घाटन कार्यक्रममा पूर्व मुख्यमन्त्री शाही, कर्णाली प्रदेश सभा सदस्य विजय बोहरा, जिल्ला समन्वय समितीका प्रमुख शिवराज शर्मा, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल, प्रजिअ श्रीनाथ पौडेल, सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायालगायत राजनितिक दलका प्रतिनिधि लगायतको सभागीता रहेको थियो ।