आज निजामती सेवा दिवस :विद्यार्थी लाई स्टेशनरी सहयोग

अर्जुन बोहरा

भाद्रा २२,२०८०
सिमकोट । आज २० औं निजामती सेवा दिवस निजामती कर्मचारीले कार्यक्रम गरी मनाएका छन । ‘व्यावसायिक र सिर्जनशील प्रशासन विकास समृद्धि र सुशासन’ भन्ने मूलनाराका साथ आज यो दिवस सम्पन्न भएको छ । दिवसको अवसरमा हाज विहान जिल्ला समन्वय समितिको सभाहल हुँदै तल्लो बजार भएर जिल्लाा प्रशासन कार्यालयको प्रगणमा प्रभात फेरीको आयोजना गरिएको थियो ।
दिवसको अवसर पारेर निजामती कर्मचारी हुम्लाले हेड नेपाल आश्रित विद्यार्थी र सहारा समुहले संचालन गरेको विद्यालयका विद्यार्थी लाई स्टेशनरी सहयोग गरेको छ ।


प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सरकारको अपरिहार्य कार्यकारी अङ्गको रुपमा मानिएकोले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागीतामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच प्रत्याभूति दिने खालको हुर्ने पर्ने बताए ।


नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रय सचिव नविन शाहीले निजामती सेवा ऐन र नियमावली, कर्मचारी समायोजन ऐन,स्थानीय सरकार सञ्चालन ऐन, सुशासन ऐन लगायतका कानुनहरूले निजामती सेवा सञ्चालनको वैधानिक दिनु पर्ने बताए ।
नेपालमा पटक–पटक भएका ठूला राजनैतिक परिवर्तनहरूलाई आत्मसात र अनुकूलन गरी जस्तोसुकै राजनैतिक संक्रमणमा पनि नागरिक हितमा रहने गरि निजामती सेवाले ऐन छिर्टैै ल्याउनु पर्ने आफनो भनाई राखे ।


नेपालमा प्रशासनको मियोको रूपमा रहेको निजामती सेवा लाई ८ बर्ष जति भयो तिनै वटा तहले अहिले सम्म निजामती ऐन ल्याउन नसकेको सामाजिक विकास कार्यलयका लेखा अधिकृत भक्त बहादुर शाहीले गुनोसो व्यक्त गरे ।


निजामती सेवाभित्र रहेका विभिन्न संगठनका टे«टयुनियनहरुले सेवाभित्र आबद्ध दुई खाले कर्मचारीहरूको प्रशासनिक क्षेत्र तिर विकृत बढदै गएकाले एकरुपता लाग्नु पर्ने कर्मचारी युनियनका अध्यक्ष विशाल बोहराले बताए । उनले निजामती सेवामा कार्यरत कर्मचारीहरूको सरुवा,बढुवा लगायतकोे एकरुपता नभएको र निजामती कर्मचारीको साझा मुद्धा भनेको निजामती सेवा ऐन ल्याउनु पर्ने जोड दिनुभयो ।


नेपालमा निजामती सेवाको लामो इतिहास रहेको भए तापनि निजामती सेवा ऐन, २०१३ जारी भएको दिन ‘भाद्र २२’ लाई आधार मानेर सरकारले २०६१ सालदेखि यो दिवस मनाउन थालेको बताए । उनले भने निजामती सेवाको सञ्चालन र नागरिक सेवाप्रवाहका दृष्टिले देखापरेका विभिन्न चुनौति साथ जनसेवा दिनु पर्ने बताए ।


विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस