कांग्रेस–एमालेका दुई दर्जन नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

अर्जुन बोहरा

भाद्रा २३,२८०
सिमकोट । नेपाली कांग्रेस र नेकपा एमालेका करिब दुई दर्जन नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
तिन महिने अभियानमा संचालन क्रममा सर्केगाढ गाउँपालिकामा नव प्रेवशी लाई जिल्ला ईन्र्चाज झक बहादुर मल्ल (सुदीप)ले पार्टीमा स्वागत गरेका हुन् । सो अवसरमा ईन्चार्ज मल्लले जिल्लामा संचालन भएको अभियानमा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर तिन महिने अभियानमा जिल्लामै पहिलो भएको बताए ।


इन्चर्ज सुदीपले जनयुद्धकालमा आधार इलाका सर्केगाड भएको अहिले शान्तिकालिन् समयमा पनि उत्तिकै उर्बर माओवादी शक्तिी भएको बताए । उनले पार्टी केन्द्रले लिएको तिन महिना लाई पार्टी कमिटी शुदृढ बनाउँदै जनतामा जान आग्रह गर्नु भयो ।
बैठक तथा प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र ) मा प्रवेश गर्ने कमरेडहरुको उज्ज्वल भविष्यको कामना सहित हार्दिक स्वागत गरेको छ ।


जिल्ला समन्वय समितिका जिल्ला संयोजक डा.रोकायाले पार्टीले लिएको लक्ष्यलाई पूरा गर्न संगठन विस्तार र सुदृढतालाई जोड दिदै, जनताका आवश्यकता र समस्याहरुमाथि ध्यान दिने बताए । नेपालमा परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउनको लागि माओवादी नै नेपाली जनताको भाग्य भविष्यका भएको बताए ।


घरघरमा माओवादी माओवादी विशेष रुपान्तरण अभियान’ अन्र्तगत शुक्रबार सर्केगाडमा भएको सो कार्यक्रमा पार्टी प्रवेश गरेको जिल्ला समन्वय समिति सचिव धर्मराज बोहरा (विज्ञान)ले बताए ।


माओवादी प्रवेश गर्नेहरूमा सर्केगाढ गाउँपालिका १का एमालेबाट बजिरे बुढा, जस ब बिक, २ नम्बर वडाबाट नेपाली काँग्रेस गाउँ कमिटी सदस्य लाल बहादुर शाही, ३की नेका सदस्य मनकोइला शाही र ४का स्वतन्त्र बाट छत्र बिक रहेका छन् ।
त्यसै गरि श्री बहादुर सिंह – नेविसंघ सर्केगार्ड इञ्चार्ज , कविता शाही , छबिलाल ऐडी, प्रेम सिं सार्की,कल बहादुर शाही ,हरिभक्त कामी,हरियो नेपाली,जडेनी कामी, स्योबास बिक –रत्न बिक, छैका बुढा,मनकाईला शाही, पानकला बिक,सुलचना शाही र काँशीराम फडेरालगायत रहेका छन् ।


सर्केगाडमा माओवादी विशेष रुपान्तरण अभियान संचालनमा वडा नं.१ (जैर) पार्टी इन्चार्ज धनलाल धमला, वडा नं.२(रिप) पार्टी इन्चार्ज सिंह धामी, वडा नं.३ (उनापानी) पार्टी इन्चार्ज देबिलाल चौलागाई, वडा नं.४ (सायाँ) पार्टी इन्चार्ज चन्द्र सिंह कार्की, वडा नं.५ (गाठी) पार्टी इन्चार्ज गोविन्द बहादुर शाही, वडा नं.६ (बराई) पार्टी इन्चार्ज छबी थापा, वडा नं.७ (रोडिकोट) पार्टी इन्चार्ज धर्मराज बोहरा, वडा नं.८ (रादेउ) पार्टी इन्चार्ज गोपाल बुढाले वडाहरुको रिपोर्टीङ गरेका थिए ।


तिन महिने अभियान कार्यक्रममा ८ वटै वडाका कार्यकर्ता भेला भएका थिए जनतामा माओवादी,घरघरमा माओवादी नाराका साथ १६ गते सुरु भएको विशेष रुपान्तरण अभियान अभियान ३ महिनसम्म चल्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस