माओवादी केन्द्रको चंखेली पालिकामा प्रशिक्षण सम्पन्न

अर्जुन बोहरा

भाद्रा २४,२०८०
हुम्ला । घरघरमा माओवादी जनजनमा माओवादीको नारासहित नेकपा माओवादी केन्द्रले चालेको तीन महिने अभियान अन्तर्गत हुम्लाको चंखेली गाउँपालिकामा बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्पन्न गरेको छ । गएको भदौ १६ गतेदेखि संचालन भएको जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको चंखेली गाउँपालिकामा आज आइतबार सबै वडाका पार्टीका कार्यक्रर्ता उल्लेख्य उपस्थितीमा प्रशिक्षण कार्यक्रम गरेको हो ।


चंखेली गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज झक बहादुर मल्ल (सुदिप)ले सुशासनको युद्ध लाई अभियानको रूपमा हुम्लामा उत्कृष्ट पालिकाको रूपमा लाग्न नेतृत्व लाई निर्देशन दिनुभयो ।
इन्चार्ज मल्लले “माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड सरकारले नेपालमा पहिलो पटक नयाँ कामको शुरुवात गरेको छ । सुशासन र समृद्धिको योजनामा माओवादी रहेकाले सुन काण्ड, गिरिबन्धु, ललिता निवास, भुटानि शणर्थी लगायतका घटनालाई सत्यतथ्य छानबिन गरिरहेको” उनले बताए ।


संघीयता र गणतन्त्र संस्थागत गर्न माओवादी सच्चिएर अघि बढ्नुको बिकल्प नभएको बताएका छन् । नेता र कार्यकर्ता रुपान्तरण भएर पार्टी नयाँ आधारमा पुनर्निर्माण हुने माओवार्दी सक्षमपार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक डा दीपेन्द्र रोकायाले तिन महिने अभियानमा केन्द्र पार्टीको निर्देशनमा जिल्ला पार्टीले नयाँ कार्ययोजना ल्याएकोले सफल बनाउन आग्रह गर्नु भयो ।
उनेले भने माओवादी सकिएको नभएर सच्चिएर जनतामा जानु पर्ने बताए । युद्धबाट आएको पार्टीले कुनै कुनै कमजोरी भएपनि अब सच्चिएर जनताको हरेक घरघरमा जानु पर्ने बताए । माओवादी सच्चिनुपर्छ, हामी सबैकोे चाहना भएकाले सहिद परिवार, पिएलए, घाइते र जनताको मनमा पुगेर पार्टी निर्माण गर्ने सोचका साथ अगाडि बढुन पर्ने बताए ।


कार्याक्रमामा आफनो भनाई राख्दैे इतिहासमा यो भन्दा कमजोर हुने ठाउँ माओवादी पार्टीको नभएकाले विभाजन र विभक्त शक्तिहरुलाई ठाउँमा एक ल्याएर व्यवस्थित ढंगले लाग्न पर्ने चंखृली गाउँपालिका कमिटि ईन्चाज सर्प राज सिंहले बताउन भयो ।
आम नेता कार्यकर्ताका विचमा जनयुद्धको सामिप्यता गरेर मात्र पुर्नगठन गरेर अघि बढ्नुपर्ने बताएका हुन् । पार्टी र सरकारका कामलाई जनपक्षिय बनाउन आन्तरिक रुपमा छलफल गरि योजना बनाएर सबै वडा कमिटि नेतृत्व पक्ति एक भएर अभियानमा लाग्नुपर्ने पालिका इञ्चार्ज सिंहले बताए ।

र्बैठकमा चंखेली गाउँपालिकाका सबै वडा कमिटिका इन्र्चाजहरुले आफनो वडाका रिर्पोट राखेका थिए । माओवादी केन्द्रको तीन महिने अभियानको मुल जोड जनतासंगको सम्बन्धलाई सुदृढिकरण गरेर अगाडि बड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस