ताँजकोटमा २९ जना माओवादी केन्द्रमा प्रवेश, इन्चार्ज मल्ल भन्नु हुन्छ अग्रगामीहरू माओवादीमा

अर्जुन बोहरा

भाद्रा २८,२०८०
नेकपा (माओवादी केन्द्र)मा मानिसहरुको आकर्षण देखिएको छ । तिन महिने अभियान अन्र्तगत हुम्लाको ताँजकोट गाउँपालिकामा बिभिन्न पार्टी परित्याग गरी २९ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बुधबार भएको प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस र एमाले पार्टी तरित्याग गरि नव प्रवेश लाई माओवादी केन्द्रका केन्द्री सदस्य हुम्ला जिल्ला इञ्चार्ज झकबहादुर मल्ल (सुदीप) ले टसी खाता लगाएर स्वागत गरेका हुन् ।
ताँजको गाउँपालिका अध्यक्ष तथा पार्टी इन्चार्ज लालकेशी जैसीको नेतृत्वमा बिभिन्न पार्टीबाट गरी २९ जना माओवादी केन्द्रमा प्रवेश गरेका उक्त कार्यक्रमका प्रचार कमिटीका सदस्य धनरुप सार्किले बताए ।
माओवादी प्रवेश गर्नेहरूमा कांग्रेस पार्टीबाट धनसिंह रिठाल, सकुन्तला तिठाल, टेक बहादुर नेपाली, छक्क बहादुर खड्का, मकरे खड्का, जानुका खड्का, छपकुल्ला खड्का, काँशी खड्का, मनसरी खड्का, हर्क कटुवाल, जैमान खड्का रहेका छन्।
त्यस्तै गरि नेकपा एमाले पार्टी परित्याग गरी माओवादी रोज्नेमा चन्द्र बहादुर खड्का, साइना खड्का, जयमनि जैसी शर्मा, सौर्य कटुवाल, बाँचु जैसी, पविन्द्र जैसी, जोखे चँदारा, कर्णजित सार्की, दलपति सार्की, झौंरे सार्की, शक्ति सार्की, धनी सार्की, मनिभाउ सार्की, अमृता सार्की, बलवान शाही, प्रविना सिंह, बैशाखे कामी रहेका छन् ।


यस्तै नेकपा (एकीकृत समाजवादी) बाट देउचे सार्कीले पनि माओवादीमा प्रवेश गरेका छन्। हिजो व्यवस्था परिवर्तन गरेको पार्टी माओवादी रहेको र अब जनताको अवस्था परिवर्तन गर्ने एक मात्र पार्टी माओवादी नै रहेकाले माओवादी रोजेको उनीहरुले बताएका छन् ।
नवप्रवेश गर्नेहरुले जनताको बलिदानीबाट बनेको पार्टी माओवादी केन्द्रमा केन्द्रित हुन पाएकोमा गौरव महसुस भएको प्रतिक्रिया दिएका छन् । पार्टीले दिएको जिम्मेवारी पूरा गर्न आफूहरु सदैव तयार रहने उनले प्रतिवद्धता समेत प्रकट गरे ।


तिन महिना अभियानमा हुम्लाको समग्रह विकाशको लागि जनताको पक्षमा गाउँपालिकालले देखि माथिल्लो निकाया सम्म पहलका लागि सदैव तयार रहेको प्रतिवद्धता गरेका छन । कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज मल्लले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै अग्रगामी र परिवर्तनकारी शक्ति माओवादी केन्द्र मात्र भएकोले परिवर्तन चाहनेहरु ढिलोचाडो माओवादी हुनुको बिकल्प नभएको बताए। रूपान्तरण अभियानका बेला प्रचण्ड सरकारले नयाँ नयाँ परिवर्तन कामहरूलाई जनतामा प्रचार गर्नुपर्ने धारणा राखेका छन्।
उक्त पार्टी प्रवेस तथा प्रशिक्षण कार्याक्रममा आफनो मन्तव्य राख्दै माओवादी केन्द्र ताजकोट गाउँपालिका इन्चार्ज तथा अध्यक्ष लालकेश जैसीले अहिले तिनमहिने अभियानले जनतामा नयाँ उत्साह पैदा गरेको र पार्टी रूपान्तरण अभियानलाई जनताको प्रत्येक घर घरमा जाने बताए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस