हुम्लामा समाजवादी मोर्चा पहिलो बैठक सम्पन्न

अर्जुन बोहरा

असोज १०,२०८०
सिमकोट । हुम्लाको चंखेली गाउँपालिकाको पिप्लाङ्गमा समाजवादी मोर्चा नेपाल घटक राजनैतिक दलहरुको बैठक सम्पन्न भएको छ । उक्त बैठकको अध्यक्षता नेकपाका एकिकृत समाजिवादी जिल्ला अध्यक्ष जोशी धामिको अध्यक्ष गरेका थिए ।
केन्द्र, प्रदेश हुँदै जिल्ला र गाउँपालिका स्तरमा समाजवादी मोर्चा विस्तार गरिने भएको छ । मंगलबार चंखेली गाउँपालिकाको पिप्लाङ्ग गाउँमा तिन दलले केन्द्रले दिएको निर्देशन सहित उक्त बैठकले तिन बुँदे जिल्लाले निर्णय गरेका छन्।
बैठकमा नेकपा माओवादी केन्द्रबाट सचिव धर्मराज बोहरा (विज्ञान र नेकपाबाट केन्द्रिय प्रतिनिधि समिति सदस्य रगमल रोकाया (क्षितिज सि) रहेका थिए ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका जिल्ला स्तरको नेताहरूको पिप्लाङ्ग गाउँमा बैठक बसेर एकतावद्ध हुँदै क्रियाशील हुने निर्णय गरेको माओवादी केन्द्र हुम्लाका सचिव विज्ञानले जानकारी दिए।
उक्त बैठकले हुम्लामा देशमा भएको विद्यमान राजनैतिक समस्या समाधान गर्न, वैदेशिक हस्तक्षेपको अन्त्य गर्न, महंगी भ्रष्टाचारको विषयलाई नियन्त्रण गर्न, समाजवादी मोर्चाको आवश्यकताको जानकारी गराउन लगाएतको विषयलाई लिएर माथी उल्लेखित विषय कार्यन्वयन गर्न समाजवादी मोर्चा, नेपालको बैठक बसेको थियो । बैठकमा मोर्चाले जिल्लाका सातै वटा गाउँपालिकामा कार्यक्रमको तयारी र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरेका छन ।

प्रतिक्रिया दिनुहोस