कैलाश–मानसरोवर तालकोे प्रधानमन्त्री प्रचण्डद्धारा अवलोकन,चीन सरकारसँग सैद्दान्तिक सहमति
असोज ११,२०८०
सिमकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिब्बतस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको अवलोकन गर्नुभएको छ ।बुधबार तिब्बतको ल्हासा पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँबाट तिब्बत एयरलाइन्सको जहाज चढेर गङ्गा विमानस्थलमा पुगेर कैलाश पर्वत र मानसरोवर भ्रमण गरेका छन् ।
चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री प्रचण्डले नेपालको सजिलो छोटो हुम्लाको बाटो भएर हिन्दू र बौद्धधर्मलम्बीहरुको पबित्र तिर्थस्थल कैलाश पर्वत र मानसरोबार तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताउनुभएको छ ।
विहीबार कैलाश पर्वत र मानसरोबर ताल क्षेत्रको स्थलगत अवलोकन गरी उहाँले नेपाली भारतीय र अन्य देशका पर्यटकहरुले समेत हुम्लाको बाटो भएर सजिलै संग भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्दान्तिक सहमति भैसकेको बताए ।
प्रधानमन्त्री प्रचण्डले सिमकोटबाट कैलाश पर्वततर्फ ओहोर दोहोर गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्ने पनि जानकारी दिनुभयो ।
चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग पुराङबाट कैलाश मानसरोबर करिब २ सय ५० किलोमिटर टाढा रहको छ,भने नेपालको हुम्लाबाट यात्रा गर्दा हुम्ला सदरमुकाम सिमकोटबाट १ सय ६० किलोमिटर र नेपाल चीन सीमानाबाट भने ७० किलोमिटर टाढा रहेको छ । सिमकोटबाट कैलाश मानसरोबर जान अहिले सडक संजाल जोडिएको भएपनि सडकको ट्रयाकमात्रै खोलिएकाले यात्रा गर्न असहज रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो सडकको गुणस्तर बृद्दि गर्ने काम छिट्टै अघि बढाइने जानकारी दिनुभएको छ ।
कैलाश पर्वतबाट केही तल तिब्बती भागमै मानसरोबर ताल रहेको छ । मानसरोबर ताल पनि हिन्दूहरुका लागि पवित्र तिर्थस्थल हो । कैलाश पर्वतमा बस्ने महादेबले यही मानसरोबर तालमा स्नान गर्ने गर्दछन भन्ने हिन्दू धर्मावलम्बीहरुको जनविश्वास रहेको छ ।
कैलाश पर्वत र मानसरोवर भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका अन्य मन्त्री लगायतका सदस्यहरू पनि छन् ।
बुधबार ल्हासामा उनले ऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिर अवलोकन समेत गरेका थिए ।ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीन भ्रमण सोचेभन्दा बढी सफल भएको जनाएका थिए । बुधबार अपराह्न उनले ल्हासामा चिनियाँ कम्युनिष्ट पार्टी सिजाङ स्वायत्त क्षेत्रीय समिति (टिबिस) का सचिव वाङ जुछेङसँग भेटवार्ता गरेका थिए ।
अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्ड गत शनिबार उतैबाट चीन पुगेका थिए । चीन भम्रण पूरा गरी उनी आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।