अन्तराष्ट्रिय कोदो वर्ष :कोदोजन्य रैथाने बाली प्रवद्र्धनमा कृषि मन्त्री जोड(फोटो फिचर)

अर्जुन बोहरा

असोजन १८, २०८०
हुम्ला । अन्तराष्ट्रिय कोदोजन्य बाली वर्ष यो बर्ष देखि कर्णाली प्रदेशको हुम्लाको सदमुकाम सिमकोटमा सम्पन्न गरेको छ ।
संयुक्त राष्ट्र सङ्घले सन् २०२३ लाई कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरे अनुसार कर्णाली प्रदेश सरकारले यस बर्ष देखि हुम्लाको उच्च स्थान ३५सय मिटरमा उत्पादन हुने कोदो बाली कार्यक्रमको संचालन गरेको छ ।
खाद्य पोषण सुरक्षा र वातावरण तथा ग्रामीण रूपान्तरणको कोदोजन्य बाली भन्ने नाराका साथ प्रदेश सरकारको योजना स्थानीय तह, संघ–संस्थाहरु र कृषि विकास कार्यालयको आयोजनामा हुम्लाको सिमकोट प्रदेशकै पहिलो पटक कोदोजन्य बाली बर्ष मनाएका छन् ।


हुम्लाको सिमकोटमा आयोजित कार्यक्रममा कर्णाली प्रेदशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३’को उद्धघाटन गर्दै कर्णाली प्रदेशका जिल्लाहरुमा उत्पादन हुने कोदोजन्य बाली लाई प्राथामिकता दिएको बताए।


कृषि शर्माले भन्नुभयो,“औपचारिकताका रुप अन्तराष्ट्रिय कोदो दिवस मनाउन लागि आफु हुम्लाका आएको बताए । तर हामी आजको परस्थितीमा जो कोदो लाई उत्पीडनमा परेको छ,जो हेला गरिएको छ जो हिजोको दिनमा लत्याएबाली लाई आज शिर्ष बालीकोरुपमा राख्ने परम्परा शुरु भएको छ । कर्णालीमा उपज हुने मुल्यवान वस्तुहरुको बजारीकणका लागि यो दिवस मनाउन लागिएको हो । ”


मन्त्री शर्माले भन्नुभयो, “कोदो, फापर उत्पादन खानेलाई सबभन्दा गरिब, न्युनस्तरको र पछिपरेको भन्ने परिभाषा बनाइयो । यसलाई उल्टाउनको निम्ती हामीले, परम्परागत रुपमा उत्पादन हुने चिजमै हाम्रो स्वास्थ्य लागि ठिक रहेछ, दिर्घजीवनका लागि ठिक रहेछ, र उपभोग गर्न ठिक रहेछ भन्ने सन्देश दिनको लागि हुम्लामा आउनु परेको बताए । ”


कर्णालीमा कुपोषण अर्थात पोषण नपुगेका कारण ख्याउटे्, पुट्का छन् भने विभिन्न संघ संस्थाहरुले रिपोर्ट पेस गरेको देखिन्छ ।” कर्णालीमा सबभन्दा बढी उत्पादन हुने कोदो र फापरमा पोषण पाइन्छ भनेर अर्को रिर्पोट पेस गरिन्छ ।” यहाँ उत्पादन भएको वस्तुलाई खाने तौरतरिका जान्यो भने निरोगी भइने मन्त्री शर्माले जोड दिनु भयो ।


पछिल्लो समयमा खाद्यान्न उत्पादन घट्न गई आयात बढिरहेको अवस्थामा कोदोजन्य र अन्य रैथाने बालीको संरक्षण र विस्तारमा सबैले जोड दिनुपर्ने कर्णाली प्रदेशका उर्जा, तथा जलश्रोत मन्त्री उर्मिला बिश्वकर्माले बताईन् ।


कोदोजन्य बालीको महत्वबारे प्रचारप्रसार गरी तिनको उत्पादन र उपभोग बढाउन उत्पादक, उपभोक्ता र अन्य सरोकारवालालाई प्रेरित गर्ने मूल उद्देश्यका साथ अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउन कर्णाली प्रदेश सरहकार लागि परेको प्रदेश सभा साँसद जुमकित लामाले बताउनु भयो ।


कृषि मन्त्रालयका सचिव डा नरहरी प्रसाद घिमिरेले “ गाउँमा उत्पादन लाई शहरबीच बजारीकरणमा जोडयो भने कोदोजन्य तथा रैथाने बाली संरक्षण, प्रवद्र्धन गरी उपभोक्तासम्म पु¥याउनु आजको हाम्रो मुख्य जिम्मेवारी भएको जोड दिनुपने बताए ।“


साथै कोदो वर्षका अवसरमा कोदोजन्य बालीको खेती विस्तार र उत्पादन वृद्धि, खाद्य परिकारको विकास र मूल्यवृद्धि, बजारीकरण व्यापार विस्तार, स्थानीय एवं रैथाने जातको संरक्षण, प्रवद्र्धनका लागि नीतिगत सुधार लगायतका विषयमा पहलकदमी गर्नुपर्ने बोल्ने बक्ताहरुले आफनो भनाई राखेका छन ।


कोदोजन्य बालीमा कोदोका अतिरिक्त चिनो, कागुनो, जुनेलो, पर्छन् । खेती गर्न सजिलो र पौष्टिकताले भरिएको अन्नबालीका रूपमा कोदोलाई लिइँदै आएको छ । कोदोको उत्पादन कम वर्षा र कम उर्वर भूमिमा पनि हुने भएकाले सिञ्चित र असिञ्चित दुवै खाले भू–भागमा लगाइने महत्वपूर्ण बाली मानिएको छ । सबैभन्दा बढी कोदो र फापरमा पोषण पाइन्छ । कोदो र कोदो जन्य, कागुनो, चिनो, जुनेलो लगायतका बाली पर्दछन् ।


परम्परागतरूपमा खासगरी ढिँडो, रोटी,पुवा,भान्टे,तुम्बा र रक्सीमा प्रयोग हुने कोदो किसानहरुले पहिलो रोजाइको खाना हो । कोदोजन्य बाली मधुमेह, रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुख्ने, कब्जियत, पेट दुख्ने र पखालाका रोगीका लागि पनि कोदो खाना प्रयोग गरिन्छ । पौष्टिक खाद्य तत्वका हिसाबले कोदो अन्य खाद्यबालीभन्दा धेरै गुणकारी मानिँदै आएको छ ।


पौष्टिक खाद्यतत्वका हिसाबले कोदो अन्य खाद्यबालीभन्दा धेरै गुणकारी मानिँदै आएको छ । कर्णाली प्रदेशमा पाइने कोदो जात तिन मासे भदौरे, लाट्ठे,चुल्ठे, च्याल्से, चाल्ठे, डल्ले, सेतो दूधे, झुप्पे, रातो,कात्तिके लगायत भन्दा बढी जातका कोदो लगाउने गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस