सिमकोट गाउँपालिकाको बार्षिक कार्याक्रम सार्वजनिक सुनुवाइ सम्पन्न

भक्त राज ऐडी

असोजन २०,२०८०
सिमकोट । स्थानीय तहले सुशासन र पारदर्शिताको पाटोलाई चासो नै नदिएका बेला सिमकोट गाउँपालिकाले सार्वजनिक सुनुवाइ गरी आफनो गत आ.ब.२०७९÷०८०बार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ।
गाउँपालिकाको प्रयोजनमा तथा नेपाल पत्रकार महासंघ हुम्लाको सहजिकरणमा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रगति विवरण सार्वजनिक गरिएकोहो। स्थानीय तह अन्तर्गत जिल्लाको मुटु भएको पालिका भनी दाबी गरिएको उक्त सार्वजनिक सुनुवाइ कार्याक्रम गरेको हो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले गाउँपालिको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन सार्वजनिक सुनुवाइ गरेको बताए । उनले गाउँपालिकाको उपलब्ध स्रोत, साधनबाट कार्य सम्पादन गर्दा केही समस्या हुनसक्ने र त्यसको समाधानका लागि प्राप्त सुझावहरुलाई आगामी दिनमा लागु गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रमको समापन गर्दै अध्यक्ष भण्डारीले सिमकोट गाउँपालिको,गाउँपालिकामा भए गरेका गतिविधिमा आफ्नो साझा चिन्तन रहेको र सार्वजनिक सुनाइमा सुझाव तथा सल्लाह दिएकोमा धन्यवाद दिनु भयो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शुशिला बाम (रोकाया)ले, प्रमुख प्रशासकीय अधिकृत सुवास आले,विभिन्न विषयगत शाखाका प्रमुख तथा कर्मचारीहरुले सहभागीले उठाएका प्रश्न, सुझाव र जिज्ञासाको सम्बोधन गरेका थिए । उनीहरुले सेवा प्रभावकारी बनाउन र कमिकमजोरी हटाउन सार्वजनिक सुनुवाइ भएको बताए ।


सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेद्धारा प्रस्तुत प्रतिवेदन उपर छलफल कार्यक्रममा प्रश्न राख्ने व्यउक्ताहरुले सार्वजनीक सुनुवाइ कार्यक्रमलाई पालिकामा मात्र सिमित नगरी आयोजना केन्द्रित पनि हुनुपर्ने बताउँदै वडास्तरबाट गरेपछी मात्र गाउँपालिकामा गर्नुपर्ने सुझाव व्यक्त गरेका छन। सो सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले संचालन गरेका कार्यक्रमको आर्थिक अनिमियता पार्द्शिशता हुनुपर्ने गुनासो राखेका थिए ।

प्रतिक्रिया दिनुहोस