कैलाश मानसरोवर दर्शन गर्न हुम्लामा पुगे काँग्रेसका नेता निधि

अर्जुन बोहरा

असोज २४, २०८०
हुम्ला । नेपलाी काँग्रेसका पुर्ब उपसभापति र उपप्रधामन्त्री समेत रहनु भएका नेता बिमलेन्द्र निधि लगायतको टोली हुम्ला पुगेका छन् । हुम्लाको लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्न उनी नेपालगन्जबा बुधबार सिमकोट पुगेका हुन् । कैलाशमान सरोवर दर्शन गर्न विभिन्न देश लगायतका स्वदेशी विदेशीहरु झन्डै २हजार भन्दा बढि दर्शनार्थीहरु हुम्लाको लिमीलाप्चामा पुगिसकेका छन् ।
पवित्र तीर्थस्थलका रुपमा परिचित कैलाश मानसरोवरमा हुम्ला बाट छोटो दुरी र नेपालकै जमिनबाट कैलाश मानसरवर दरदर्शन गर्न सकिने सहज भएकोले अहिले आन्तिरक धार्मिक पर्यटक बढेको पर्यटन व्यवसायी विजय लामाले बताए ।


गएको केहि दिनमा चीनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले नेपालको सजिलो छोटो हुम्लाको बाटो भएर हिन्दू र बौद्धधर्मलम्बीहरुको पबित्र तिर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइदिने चिन सरकार संग आग्राह गरेका थिए ।
त्यसैले पनि काँग्रेस पुर्ब उपसभापति र उपप्रधामन्त्री समेत रहनु भएका नेता निधि नेपाली भुमि लाप्चाबाट मानसरोवर कैलाशको दुर दर्शनका लागि हुम्ला आई पुग्नुभएको नेपाली काँग्रेस हुम्लाका सभापति मोहन बिक्रम सिंहले बताए ।


हुम्लामा पुगेलगतैे नेपाली काँग्रेस हुम्लाले आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा निधिले प्रशिक्षण दिएका छन । नेता निधि र काँग्रेस कार्य सम्पादन समितिका सदस्य जीवन बहादुर शाहीले प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीको सचिवलयले श्रोतले जानकारी दिएको छ ।
आज एक दिन सिमकोटमा रहने र बिहीबार विहानै लाप्चातर्फ लाग्ने कार्यक्रम तय गरेको छ । नेता निधिको टोलीमा कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री शाही, संघीय सांसद सीता कुमारी राना, नेपाल ट्रेट युनियनका पुर्ब अध्यक्ष खिलानाथ दाहाल लगायतका टोली हुम्लाका पुगेका छन् ।

 

प्रतिक्रिया दिनुहोस