टिकटक बन्द गर्ने सरकारको गलत निर्णय भएको गगन थापा आपति

फिल्को मिसन

कात्तिक २७, २०८०
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार गलत भएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो।’
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको नियत नै गलत भएको उनको भनाइ छ। ‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदमसच्चाउनु पर्छ, ।

प्रतिक्रिया दिनुहोस