हुम्लामा ढुंगाले लागेर महिलाको मृत्यु

फिल्को मिसन

कार्तिक २७,२०८०
हुम्ला ।सर्केगाड गाउँपालिका एक महिलाको भिरबाट खसेको ढुँगाले लागेर मृत्यु भएको छ। सर्केगाड गाउँपालिका– ३ उनापानी कि ४१ वर्षीया या पूर्णी कार्कीको ढुँगा लागेर मृत्यु भएको हो।
ढुँगा लागेर घाइते भएकी कार्कीकोे उपचारको लागि छिमेकी जिल्ला बाजुराको कोल्टीमा लैजादै गरेको अवस्थामा विचबाटमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता नरेन्द्र चन्दले जानकारी दिए।
शनिबार बिहान सर्केगाड गाउँपालिका मुण्डी गाउँ नजिकै बाटोमा हिडेन क्रममा माथि भिरबाट एक्कसी खसेको ढुंगाले लागेर कार्की गम्भीर घाइते भएकी थिइन्। घाइते कार्कीको उपचारका लागि बाजुराको कोटीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । मृत्यु भएकी कार्कीलाई माथिबाट आएको ढुङ्गा लाग्दा टाउको र बायाँ हातमा चोट लागेको थियो।
घाइते भए लगत्तै उपचारका लागि सर्केगाड गाउँपालिकाको सायाँ स्वास्थ्य चौकीमा लगिएको थियो तर त्यहाँ उपचार नहुने देखिएपछि ससीसल्ला बजारको हिमाल हेल्थ क्लिनिकमा लगिएको थियो।
उक्त क्लिनिकमा पनि उपचार गर्न सम्भव नभएपछि थप उपचारका लागि बाजुराको कोल्टी लैजादै गर्दा विच हुम्लाको अदनचुली गाउँपालिका ३को विचबाटमै मृत्यु भएको छ।
मृत्युक कार्कीको लाशको पोष्टमार्टम गर्न बाजुराको कोल्टी लगिएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस