भाइटीकाको शुभ साइत बिहान १०ः५१ बजे, कुन देशमा कहिले ?

फिल्को मिसन

कार्तिक २८,२०८०
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार विहान १०ः५१ बजे शुभ रहेको जनाएको छ ।
तर भाइटीकाको टीका बुधवार दिनभर टीका लगाउन कुनै बाधा नहुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ ।
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने छ। यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन्।

दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिने भएकाले यसरी बस्नुपर्ने धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन बुधवार भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गर्छन्। तिहारको मुख्य दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्छन्। भाइटीकाको दिनलाई यमद्वितीया पनि भनिन्छ।

                  भाइटीकाको साइत कुन देशमा कहिले
यस वर्षको भाइटीकाको साइत नेपाल लगायतको देशहरुमा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले बिभिन्न समयमा लगाउने जनाएको छ । त्यस्तै, समितिले अन्य देशका लागि पनि भाइटीकाका लागि मिति र समय तोकेको छ । यस्तो छ साइत :

प्रतिक्रिया दिनुहोस