गर्भवतीको घरमा निलो झण्डा

अर्जुन बोहरा

मंसिर १,२०८०
हुम्ला । सिमकोट गाउँपालिका सबै वडाका स्वास्थ्य चौकी अन्तरगत रहेका गर्भवती महिलाहरुको घरमा निलो भण्डा राखिएको छ । सहजै गर्भवती घर पहिचानका लागि उक्त झण्डा गाडिएको हो । सिमकोट गाउँपालिका १ देखि ८ वडा सम्मका स्वास्थ्य चौकी अन्तरर्गत रहेका १सय १० जना गर्भवत् िमहिलाहरुलाई सो झण्डा वितरण गरिएको हो ।
गर्भवती महिला सुत्केरी र नहुन्जेलसम्म गर्भजाँच सेवामा प्रोत्साहन, सेवा प्रवाहमा सहजता, लक्षित वर्ग पहिचानको लागि यो अभियान संचालन गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य सह–संयोजक बशन्ती रावतले बताईन् । सबै वडामा रहेको स्वास्थ्य संस्थाहरुलाई दर्शै र तिहारको विचमा वितरण भएको र उक्त झण्डा गर्ववती महिलाहरुका घरमा निलो झण्डा राखिएको बताए ।
गर्भवति पहिचान घर कार्यक्रम सिमकोट गाउँपालिका हुम्लाल लेखेको झण्डा गर्भवतीको घरमा राखीएको छ । यो गर्भवति महिलाको घर हो भन्ने कुरा जसवाट सजिलै थाहा हुने स्वास्थ्य सह–संयोजक रावतले जानकारी दिईन् ।


गर्भवति महिलाको पहिचानको लागी पनि यो कार्यक्र लागृ भएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताए । “स्वास्थ्यकर्मी पुग्दा पनि निलो झण्डाले महिलाको घर पहिचान गर्न सजिलो हनेछ”े संयोजक भण्डारीले बताए । यो अभियानले गर्भवती महिलाहरुको घरमा सुत्केरी गराउनेको सख्या घट्ने बताए ।


सिमकोट गाउँपालिका वडा १ देखि ८ वडामा शिशु र आमाको मृत्युदर घटाउनको लागी गर्भवति महिलाको घरमा निलो झण्डा राखिएको हो । झण्डाले घर पहिचान गर्ने र स्वास्थ्य कर्मीलाई पनि घरमै गएर सेवा दिन सक्ने सहज हुने संयोजक भण्डारीले बताए ।
जसमा सिमकोट गाउँपालिका वडानमा १मा ८जना,२मा १५जना, ३मा २जना,४मा४जान,५मा १६जना,६मा १२जान,७मा २३ जना र ८मा ३० जनाको घरमा सुत्केरी गराउनेको सख्या रहेको छ
ग्रामीण भेगमा आर्थिक अभाव जनचेतनाको कमी र रुढीवादी परम्पराले गर्दा घरमै सुत्केरी गराउदा आमा र शिशुलाई जोखिम हुने भएकाले झण्डा मार्फत घर पहिचान गरेमा स्वास्थ्यकर्मी ले विशेष प्राथमिकता भएको छ ।

गर्भ अवस्थामा नियमित स्वास्थ्य जाच गर्नुपर्ने र हरेक वार खाना चार, टिटि सुई लगाएत जनचेतान दिने कार्याक्रम संचालन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस