कुपोषित बालबालिका खोज्दै सिमकोट गाउँपालिका

अर्जुन बोहरा

मंसिर १,२०८०
हुम्ला । हुम्लाको सदरमुकामा सिमकोट गाउँपालिकाले कुपोषण मुक्त बनाउन बालबालिकाहरुमा ‘स्क्रिनिङ्ग’ गर्न सुरु गरेको छ। गाउँपालिकाले कुपोषित बालबालिका १ देखि ८ नम्बर वडाका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १८जना कुपोषण भएको भेटिएका छन्।
कुपोषित बालबालिका पहिचान गरि सबै वडामा अभियान संचालन गरि ६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरुको पहिचान सुरु गरेको सिमकोट गाउँपालिका स्वास्थ्य सह–संयोजक बशन्ती रावतले बताईन् ।
स्वास्थ्य चौकी अन्तर्गत सबै वडा भरिमा १८ जना वालवालिका कुपोषित रहेको छन् । त्यसको बारेमा सबैलाई जानकारी गराउन लागि झण्डा गाड्ने कार्य गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा सह– संयोजक बशन्ती रावतले बताए । कुपोषित पहिचानका लागि स्वास्थ्य शाखाले गाउँपालिका भरिका १४ जना मध्य शिघ्र कुपोषण भएका बालबालिका घरमा पंहेलो झण्डा र कडा शिघ्र कुपोषण भएका ८ जना बालबालिका घरमा रातो झण्डा वितरण गरेको जानकारी दिईन् ।
स्वास्थ्य चौकीले बालबालिकाको पोषणमा सुधार ल्याउनको लागि अभियान संंचालन गरेको छ । बालबालिकाको तौल वृद्धि अनुगमन गरी पोषकतत्व सर्वोत्तम पिठो वितरण गर्ने तथा कुपोषित बालबालिकाहरुको पहिचानका लागि दशै तिहारको विचमा अभियान शुरु गरेको हो ।
कुपोषित बालबालिकाको लागि पोषण प्याकेज कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस