हुम्लामा पहिलो पटक भूकम्प प्रतिरोधी विद्यालय भवन निमार्ण

फिल्को मिसन

मंसिर ३,२०८०
हुम्ला । हिमाली जिल्ला हुम्लाको दुर्गम पर्ने चौगनफया स्थित पर्ने कर्णाली माध्यमिक विद्यालयमा पहिलो पटक भूकम्प प्रतिरोधात्मक विद्यालय भवनहरु निर्माण गरिएका छन्।
आधार विकास नेपालको आर्थिक सहयोगमा उक्त विद्यालयमा भूकम्प प्रतिरोधात्मक पाँच कोठे भवनहरु निर्माण गरिएका हुन्।
सिमकोट गाउँपालिका वडानम्बर ७ मा रहेको कर्णाली माध्यमिक विद्यालयमा उक्त संस्थाले सुविधासम्पन्न भूकम्प प्रतिरोधात्मक भवनहरु निर्माण गरिदिएर हस्तान्तरणसमेत गरेको छ।
पहिला पुराना,पानी चुहिने र जीर्ण भवनमा समस्या हुने भएपछि अव देखि भूकम्पप्रतिरोधी भवन निर्माण भई सञ्चालनमा पछि पठनपाठनमा सजता आएको प्रधानाध्यापक रामराज शाहीले बताए ।
काठमाडौंको निर्माण गनर््े नेपालले माटोको परीक्षण गर्दा राम्रो देखिएपछि इन्टर लिंक इँटा निर्माण स्थलमै तयार पारी भवन निर्माण गरिएको आधार विकास नेपालका हुम्लाका शिक्षा अधिकृत कन्जोक लामाले जानकारी दिए। लामाका अनुसार भवन निकै गुणस्तरीय, कोठा ठूला भएको र भुइँसमेत सिमेन्ट ढलान गरिएकाले कक्षा कोठा धुलोबाट भएको छ । उनले भूकम्पप्रतिरोधी र जिल्लामै पहिलो नमुना भवन निर्माण गरिएको बताए ।
विद्यालयमा पाँचै वटा कोठामा प्रतिकोठा १० सेट फर्निचरसमेत निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको पनि बताए । भवनको कुल लागत ६० लाख खर्च भएको बताइएको छ।
त्यसैगरी हुम्लाका विभिन्न विद्यालयहरुमा भौतिक निमार्ण,शैक्षिक,स्टेनशरी सामाग्रही लगायतका विद्यार्थी लाई पोशक सयोग गर्देै आएको छ ।

प्रतिक्रिया दिनुहोस