आत्म निर्भर बनाउन सिलाई कटाई र कम्प्युटर सिप तालिम
मंसिर ६,२०८०
हुम्ला । दुर्गम हुम्लाको सिमकोटमा तीन महिने आधारभूत सिलाई कटाई र कम्प्युटर तालिम सुरु भएको छ । हिमाली शिक्षा र विकास हेड नेपाल संस्थाको हेड सीप विकासको आयोजना र यचबलनभ नेदरल्यान्ड को आर्थिक सहयोगमा सो तालिम सञ्चालन गरिएको हो ।
उक्त तालिममा अपांगता भएका व्यक्ति ,एकल महिला, द्लित जनजाती सहित लक्षित वर्गका व्यक्तिहरुलाई सहभागी गराएको हेड नेपाल संस्थाका कार्यकारी निर्देशक छिटुप लामाले जानकारी गराए । लामाले सिलाइ कटाइ र कम्प्युटर तालिम जीवन उपयोगी हुने भएकोले तिन महिना सम्म लगनशीलताका साथ सिक्न सहभागिहरुलाई आग्रह गर्नुभयो । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै मेहनतका साथ सिप सिके जीवनमा परिवर्तन हुने कार्यकारी निर्देशक लामाको भनाई छ । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित पनि बताए ।
उक्त तालिममा १२ जना सिलाई कटाई र १४जना कम्प्युटर सीपमा छनोट गरिएको हो । तालिममा सहभागीहरुलाई चोली , भोटो, पेटिकोट, ब्लाउज, सर्ट पाइन्ट कुर्ता सुरुवाल लगायत आवस्यक परेका सिपहरुको समेत सीप सिकाउने प्रशिक्षक धनसिङ दमाईले बताएका छन । तालिम माघ मसान्त सम्म सन्चालन हुने भएको छ ।