कलेजो प्रत्यारोपण गर्न परिवारको सहयोगको याचना

अर्जुन बोहरा

मंसिर १९,२०८०
हुम्ला । हुम्लाको ताँजकोट गाउँपालिका–४की ४७ बर्षीय छप्पकला ढकालको कलेजो प्रत्यारोपण लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । कलेजो प्रत्यारोपण गर्न झन्डै ३५ लाख खर्च हुने भएपछि विरामी ढकालको महिनौँदेखि काठमाडौंस्थित वीर अस्पतालको बेडमै छिन्।
कलेजो प्रत्यारोपण उपचारका लागि आर्थिक अभाव भएको भन्दै परिवारले सहयोगको अपिल गरेको हो ।
ढंकालको कलेजो प्रत्यारोपण गर्नको लागि परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोगका लागि आग्रह गरिएको छ । विरामी छप्पकलाका श्रीमान् नन्दप्रसाद जैसीले श्रीमतीको उपचारमा ३५ लाखा रकम खर्च लाग्ने भएकाले आर्थिक समस्या भएको बताए । उनले सबैमा सहयोगका लागि आग्रह गरेका छन् ।
उपचारमा सहयोग गर्न चाहनेले ताजाकोट गाउँपालिकाको छपेलास्थित ग्लोबल आइएमई बैंकमा नन्दप्रसाद जैसीको नाममा रहेको खाता नम्बर २७४०७०१०००११३० मा रकम जम्मा गर्न नन्दप्रसादले आग्रह गरेका छन्। थप जानकारीका लागि मोबाइल नम्बर ९८४८३१७२५९ मा सम्पर्क गर्न उनको आग्रह छ।

प्रतिक्रिया दिनुहोस