समाजवादी मोर्चा हुम्लाले चैत पहिलो सतामा सन्देश सभा गर्ने

अर्जुन बोहरा

पुस ४ २०८० बुधबार
हुम्ला । समाजवादी मोर्चा नेपाल हुम्लाले यही चैत पहिलो हप्तामा सन्देश सभाको आयोजना गर्ने भएको छ। मोर्चामा आबद्ध जिल्लास्थित तिन राजनीतिक दलले बुधबार पत्रकार सम्मेलन गरेर हुम्लामा सन्देश सभा घोषणा गर्ने जानकारी दिएका छन् ।
मोर्चाले सदरमुकाम सिमकोट स्थित मानसरवर होटलामा पत्रकारमार्फत केन्द्र मोर्चाको सन्देश र जिल्लागत गतिविधी संचालन गरेको बारेमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै , नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य हस्त बहादुर शाहीले नेपालमा राजनितिक अवस्था फेरिएको कारण देशमा विगतमा भएका आन्दोलनको उपलब्धिमाथि प्रहार हुने सम्भावना बढेकोले पनि यति खेर यो मोर्चाको आवश्यकता रहेको बताउनु भयो । नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्य सहित मोर्चा गठन गरिएको नेता शाहीले बताए । नेकपा एमाले पार्टीले संचालन गरेको मध्यपहाडी लोकमार्ग समावादी यात्रा संकल्प गरेको छ । तर त्यो अभियान भने खुटाले नटेकेर टाउकोले टेकेर समाजवादको नारा लिएर अगाडि बढेको छ, त्यस्को भविष्य छैन् नेता शाहीले बताए ।


नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका सचिव धर्मराज बोहरा विज्ञानले मोर्चाको मुख्य उद्देश्य सरकारको कार्यक्रमलाई सहयोग गरेर जाने भएको बताउनुभयो । नेता विज्ञानले मोर्चा कसैको विरुद्दमा नभएर विगतका परिवर्तनहरुको विरुद्धमा देखिएका षडयन्त्रको विरुद्धमा जिल्लामा एक हुने मोर्चाको उद्देश्य रहेको बताए । मोर्चामा आबद्ध पार्टीका फरक मत रहे पनि मिल्ने कुराहरुमा साझा धारणा रहेको बताउनु भयो ।


सन्देश सभामार्फत घोषणा हुने मोर्चाको निणर्य भन्दा केन्द्रका पार्टीका नेताहरुको समय अनुसार हुम्लामा शन्देस सभा हुनसक्ने नेकपा (एकीकृत समाजवादी)हुम्ला जिल्ला पार्टी सचिव कमल छत्याले बताए । केन्द्र, प्रदेश हुँदै जिल्ला र गाउँपालिका स्तरमा समाजवादी मोर्चा विस्तार गरिदै १५बुँदा प्रतिवद्धता सार्वजनिक गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव विप्लव, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका केन्द्र, प्रदेश र जिल्ला स्तरका नेता–कार्यकर्ताहरुको सहभागिता हुने मोर्चाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस