हुम्लामा पनि मनाइयो १३१ औं माओ दिवस
पुस १०,२०८० मंगलबार
सिमकोट । चिनिया क्रान्तिका नायक माओ सेत्तुङको १ सय ३१ औं जन्मजयन्तीको अवसरमा हुम्लामा पनि दिवस मनाएको छ ।
चीनको जनवादी क्रान्तिका नायक माओको जन्मजयन्तीको अवसरमा जिल्लामा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिले विभिन्न कार्यक्रम गरि मनाएका हुन् ।
कार्यक्रममा माओको योगदान, माओ विचारधाराको अपरिहार्यता, नयाँ जनवाद र नेपाली क्रान्तिको कार्यदिशा लगायत माक्र्सवादको बिकासमा माओको योगदानको चर्चा गरिएको छ ।
साथै कार्यक्रमा बोल्ने बक्ताहरुले माओले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता सहित नेपालको बर्तमान परिस्थितिको बिषयमा समेत गम्भीर समीक्षा विमर्श गरेका थिए ।
विश्व सर्वहारा वर्गका महान् नेता माओ २६ डिसेम्बर १८९३ मा जन्मिएका थिए । माओको जन्मदिनमा संसारभरका क्रान्तिकारीहरूले सिर्जनात्मक–वैचारिक कार्यक्रम गरी माओ दिवस मनाउने गर्छन् ।
नेकपा ( माओवादी केन्द्र) जिल्ला समन्यव समिति हुम्लाका सचिव धर्मराज बोहरा( विज्ञान)को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति माओवादी केन्द्रका केन्द्रिय सदस्य विरजन शाही लगायतले आ आफ्ना धारणा राखेको माओवादी केन्द्र सर्केगाढ गाउँपालिका अध्यक्ष छबी थापाले जानकारी दिए ।