स्थानीय आर्थिक विकास कार्यक्रममा १०४वटा स्थानीय छनोट

फिल्को मिसन

माघ ३,२०८०
हुम्ला । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि १०४ वटा स्थानीय तह छनोवटमा परेका छन् ।
नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आर्थिक वर्ष २०८०÷०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहहरूमध्ये तोकिएको योग्यता र आधार पुरा गरेका १०४ वटा स्थानीय तहहरूलाई छनोट गरिएको मन्त्रालयले जनाएको छ ।
जसमा कोशीमा २०, मधेसमा १७, बागमती १७, गण्डकी ११, लुम्बिनी १४, कर्णाली १० र सुदूरपश्चिम प्रदेशका ११ वटा स्थानीय तहहरू छनोट भएको मन्त्रालयको स्रोत परिचालन समन्वय शाखाका शाखा अधिकृत नमराज सापकोटाले बताए । उनका अनुसार २सय ४२ वटा स्थानीय तहले निवेदन दिएका थिए । तर, कार्यविधिमा समावेश गरेको मापदण्ड पुरा गरेका १०४ वटालाई छानिएको जानकारी दिए। छनोट भएका स्थानीय तहहरूमा एकमुष्ट रूपमा ८८ करोड ५० लाख रुपैयाँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस