कविता- ‘म योद्धा’

झक बहादुर मल्ल 'सुदीप '

कविता- ‘म योद्धा’
म योद्धा
युद्ध मैदानमा
आफ्नो सम्पूर्ण ताकत लगाएर
लडिरहेको भिडिरहेको
मलायाको युद्धमा जस्तै
चम्किला खुकुरी नचाउँदै
फोकल्यान्डको टापुमा जस्तै
भरिला राइफल पड्काउँदै
आगोका लप्काले लंका जलाउने
हनुमान जस्तै
युद्ध मैदानमा
लडिरहेको भिडिरहेको
म योद्धा
जीवनको रङ्ग बदल्न
सपनाको ढङ्ग बदल्न
पानामाको जङ्गल हुँदै
अमेरिकातिर हिँडिरहेको
मान्छेका ताँतीहरूको बीचमा
प्रकृतिसँग युद्ध लडिरहेको
डाकु र लुटेराहरूसँग
सङ्घर्ष गरिरहेको युवा जस्तै
म योद्धा
युद्ध मैदानमा
लडिरहेको भिडिरहेको
अभावको पहाडले थिचिएर
आवश्यकताको कहरले घेरिएर
खाडीको आगोसँग खेलिरहेको
जीवन मरणको लडाईं
लडिरहेको श्रमिक जस्तै
म योद्धा
युद्धमैदानमा
लडिरहेको भिडिरहेको
कहिले युद्ध जितेको
तालिबान जस्तै
कहिले युद्ध हारेको
तमिल टाइगर जस्तै
प्रत्यक्ष नदेखिएर
सयौँ लडाई लडिरहेको
अमेरिकी सेनाको सिपाही जस्तै
युक्रेनमा प्रत्यक्ष देखिएर
नदेखिएका सयौं युद्ध लडिरहेको
रसियन सेनाको कमाण्डर जस्तै
म योद्धा
युद्ध मैदानमा
लडिरहेको भिडिरहेको
कुरुक्षेत्रको लडाईँमा
चक्रव्युहमा परिरहेको
अभिमन्यु जस्तै
लड्नका लागि उठाइसकेको
गाण्डीव धनुष बिसाएर
कृष्णका सामु
घुँडा टेकेको अर्जुन जस्तै
म योद्धा
युद्ध मैदानमा लडिरहेको भिडिरहको
नालापानीको युद्ध लडिरहेको
बलभद्र कुँवर जस्तै
अङ्ग्रेजसँग डटिरहेको
भीमसेन थापा जस्तै
राणा शासन विरुद्ध लडिरहेको
गङ्गालाल श्रेष्ठ जस्तै
जनयुद्धमा लडिरहेको
तीर्थ गौतम जस्तै
म योद्धा
आफैभित्रको महासंग्राममा
आफ्नै सङ्गको महाविवादमा
कहिले आफ्नै रहर विरुद्ध
कहिले आफ्नै कहर विरुद्ध
विषालु ती जहर विरुद्ध
लडिरहेको भिडिरहेको
बन्दुक जस्तै एउटा सपना लिएरकविता- ‘म योद्धा’
म योद्धा
युद्ध मैदानमा
आफ्नो सम्पूर्ण ताकत लगाएर
लडिरहेको भिडिरहेको
मलायाको युद्धमा जस्तै
चम्किला खुकुरी नचाउँदै
फोकल्यान्डको टापुमा जस्तै
भरिला राइफल पड्काउँदै
आगोका लप्काले लंका जलाउने
हनुमान जस्तै
युद्ध मैदानमा
लडिरहेको भिडिरहेको
म योद्धा
जीवनको रङ्ग बदल्न
सपनाको ढङ्ग बदल्न
पानामाको जङ्गल हुँदै
अमेरिकातिर हिँडिरहेको
मान्छेका ताँतीहरूको बीचमा
प्रकृतिसँग युद्ध लडिरहेको
डाकु र लुटेराहरूसँग
सङ्घर्ष गरिरहेको युवा जस्तै
म योद्धा
युद्ध मैदानमा
लडिरहेको भिडिरहेको
अभावको पहाडले थिचिएर
आवश्यकताको कहरले घेरिएर
खाडीको आगोसँग खेलिरहेको
जीवन मरणको लडाईं
लडिरहेको श्रमिक जस्तै
म योद्धा
युद्धमैदानमा
लडिरहेको भिडिरहेको
कहिले युद्ध जितेको
तालिबान जस्तै
कहिले युद्ध हारेको
तमिल टाइगर जस्तै
प्रत्यक्ष नदेखिएर
सयौँ लडाई लडिरहेको
अमेरिकी सेनाको सिपाही जस्तै
युक्रेनमा प्रत्यक्ष देखिएर
नदेखिएका सयौं युद्ध लडिरहेको
रसियन सेनाको कमाण्डर जस्तै
म योद्धा
युद्ध मैदानमा
लडिरहेको भिडिरहेको
कुरुक्षेत्रको लडाईँमा
चक्रव्युहमा परिरहेको
अभिमन्यु जस्तै
लड्नका लागि उठाइसकेको
गाण्डीव धनुष बिसाएर
कृष्णका सामु
घुँडा टेकेको अर्जुन जस्तै
म योद्धा
युद्ध मैदानमा लडिरहेको भिडिरहको
नालापानीको युद्ध लडिरहेको
बलभद्र कुँवर जस्तै
अङ्ग्रेजसँग डटिरहेको
भीमसेन थापा जस्तै
राणा शासन विरुद्ध लडिरहेको
गङ्गालाल श्रेष्ठ जस्तै
जनयुद्धमा लडिरहेको
तीर्थ गौतम जस्तै
म योद्धा
आफैभित्रको महासंग्राममा
आफ्नै सङ्गको महाविवादमा
कहिले आफ्नै रहर विरुद्ध
कहिले आफ्नै कहर विरुद्ध
विषालु ती जहर विरुद्ध
लडिरहेको भिडिरहेको
बन्दुक जस्तै एउटा सपना लिएर
गोलीको जस्तै एउटा उद्देश्य बोकेर
हजार माइलको यात्रा तय गरेको
एउटा यात्री जस्तै
पिठ्युमा जिम्मेवारीको
गह्रौं झोला बोकेर
सार्थक जिवनकालागि
युद्धमा हिँडेको
म योद्धा
युद्ध मैदानमा
लडिरहेको भिडिरहको ।।गोलीको जस्तै एउटा उद्देश्य बोकेर
हजार माइलको यात्रा तय गरेको
एउटा यात्री जस्तै
पिठ्युमा जिम्मेवारीको
गह्रौं झोला बोकेर
सार्थक जिवनकालागि
युद्धमा हिँडेको
म योद्धा
युद्ध मैदानमा
लडिरहेको भिडिरहको ।।

कवि झक बहादुर मल्ल सुदीप नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज हुन् ।

प्रतिक्रिया दिनुहोस