हुम्लामा पुनः हिमपात, जनजीवन प्रभावित

फिल्को मिसन

माघ २१,२०८०
हुम्ला । आइतबार विहनादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । माथिल्लो हुम्लामा एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १० भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ ।
हिमपातले नाम्खा गाउँपालिकाको लिमी, मुचु लगायतका क्षेत्रमा २ फिट हिउँ जमेको वडानं ६का अध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । उनले भने, “यस वर्षकै पहिलो पटक ठूलो हिमपात बताए । घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन् ।” अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान भएका छन् ।
निरन्तर हिउँसँगैको अत्यधिक चिसोले सिमकोट आसपासको जनजीवन प्रभावित बनाएको प्रमुख जिल्ला अधिकारी विनोद कुमारा पोखरेले जानकारी दिए । हिमपातले अहिलेसम्म घटना नघटेको पनि जनाइएको छ ।


हिमपात पछि कृषक लाई राहत
मौसममा आएको बदलीसँगै दोस्रो पटक एक्कासि बाक्लो हिमपात शुरु भएर जमिनमा बाक्लो हिउँ जमेको छ । जिल्लामा हिमपात हुँदा जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा, सर्केगाड,चंखेली अदनचुली र ताँजाकोट गाउँपालिकाका अधिकाँस क्षेत्र सेताम्य भएका छन् ।

स्याउ, ओखर, आरु लगायतका बिरुवा यहाँका किसानले लगाउन थालेका छन् भने यस पटक परेको हिमपातले किसानलाई राहत मिल्ने भएको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले बताए । यो पटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गँहु, जौलाई फाइदा हुने हुँदा कृषक उत्साहित भएका छन् । खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीलाई पुसदेखि जेठसम्म बेलाबेलामा पानीको आवश्यकता पर्ने भएकाले यस वर्ष समयमा वर्षात्सँगैको हिमपात भएकाले बाली सप्रिनेमा हुम्लाका कृषक धेरै हर्षित भएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस