दुर्गम वस्तीमा गर्भवती महिलाको अल्ट्रासाउण्ड

मन्दिर सिंह

माघ २२,२०८०
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका १ देखि ८ वडामा रहेका स्वास्थ्य चौकीमा गर्भवती महिलाको अवस्था परीक्षण गर्नका लागि अल्ट्रासाउण्ड संचालन गरेको छ । गाउँमा बस्दै आएकी गर्भवती महिलाको गर्भजाँच सहजै नहुँने भएपछि स्वास्थ्यकर्मीहरु घरघरमा पुगेर अल्ट्रासाउण्ड बाट महिलाहरुको चेक भएको हो ।
सिमकोट गाउँपालिका स्वास्थ्य शाखाकी वरिष्ठ अनमी मनमाया ओलीले दुर्गम क्षेत्रका गाउँघरमा गर्भवती महिलालाई सामान्य गर्भ परीक्षण हुँदा दक्ष जनशक्तिसहित अल्ट्रासाउण्ड गरिएको बताईन् । सिमकोट गाउँपालिकामा रहेका सबै वडामा रहेको स्वास्थ्य चौकीहरुमा २५जना भन्दा बढि गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड बाट चेकजाँच भएको जानकारी दिनुभयो ।
उहाँले अल्ट्रासाउण्ड गर्ने क्रममा गर्भवतीको पाठेघर खसेको र एक जना गर्भवतीको गर्भमा रहेको शिशुुको टाउको उल्टो रहेको पत्ता लागेको बताउनुुभयो । उहाँले पाठेघर खसेको गर्भवतीको स्वास्थ्य चौकीमै उपचार भए पनि शिशुको टाउको उल्टो रहेको गर्भवतीलाई तत्काल जिल्ला अस्पतालमा रिफर गरिएको बताउनुभयो । अर्की एक जना महिलाको गर्भमा रहेको शिशु जटिल अबस्थामा रहेको देखिएपछि दुवै जनालाई जिल्ला अस्पतालमा रिफर गरिएको छ।


उहाँले समयमै ती गर्भवतीको चेकजाँच भएको कारण पछि हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्न सहयोग पुुगेको बताउनुुभयो । गाउँपालिकाको स्वास्थ्य शाखाले गर्भवतीको गर्भ परीक्षण गर्न तथा वास्तविक अवस्था पत्ता लगाउन दक्ष जनशक्तिबाट अल्ट्रासाउण्ड गर्नुपरेको जनाएको छ ।
गर्भवती महिलाको अन्तिम अवस्थामा मात्र गर्भको अबस्थाका बारेमा जानकारी हुने भएपछि धेरै महिलाले दुःख पाउने अवस्था थियो। उनले तर अहिले पटक पटक गर्भजाँच र अल्ट्रासाउण्डको ब्यवस्थाले गर्भवतीलाई सहज भएको बताईन।
अनमी ओलीले गर्भवतीको गर्भमा रहेको शिशुको अबस्था पत्ता लगाउन र गर्भवती महिलाको सहजताका लागि शाखाले अभियान संचालन गरेको बताईन। उनले स्वास्थ्यकर्मी गाउँमा पुगेर अल्ट्रासाउण्ड गर्ने कार्यले गर्भवतीको अबस्था पहिचान गरेर सममै समस्या समाधान गर्न र अकालमै ज्यान जाने समस्याबाट गर्भवतीलाई जोगाउन यो कार्य सहयोगी सिद्ध भएको बताईन।

 

प्रतिक्रिया दिनुहोस