हिमपातले अवरूद्ध हवाई सेवा सुचारू
माघ २३,२०८०,मंगलबार
हुम्ला । हिमपातले अवरुद्ध भएको हिमाली जिललामा हवाई सेवा मंगलबार देखि सुचारु भएको छ । हुम्ला,जुम्ला,मुगु,बाजुरा र डोल्पामा मंगलबार विहना देखि सुर्खेत र नेपालगन्जबाट हवाई सेवा उडान भरेको नेपागन्ज विमानस्थल श्रोतले बताएको छ।
शनिबार बेलुकाबाट हिमपात हँुदा सुर्खेत र नेपालगञ्जबाट हुने हवाई सेवा बन्द भएको थियो । मंगलबार मौसममा सुधार आई पछि उडान सुचारु भएको समिट एयरका सिमकोट स्टेसनका इन्चार्ज गोविन्द लामाले बताउनुभयो । मंगलबार नेपालगञ्जबाट दुई वटा उडान भएका छन् । उडानले यात्रु र कार्गाेको सामान ओसारेको छ । सिमकोटबाट पनि नेपालगञ्ज र सुर्खेतका लागि यात्रुको उडान भरिएको थियो ।
आज तारा र समिट एयरले एक÷एक उडान भरेको समिट एयर सिमकोटका कर्मचारी राम बहादुर रोकायाले बताए । नेपालगञ्जमा बिहान लागेको हुस्सुको कारण हवाई उडान ढिलो भएको थियो। हवाई उडान सुचारु भएसँगै सिमकोटमा ४ दिनदेखि टिकट काटेर रोकिएका यात्रुहरु आफ्नो गन्तव्यतर्फ लाग्न पाएका छन्।
हवाई उडान सुचारु भएपछि यात्रु आआफ्नो गन्तव्यमा पुगेको हवाई सेवा प्रदायक एयरलाइन्सले बताएका छन् । अवरुद्ध विमानस्थलको धावन मार्ग खुलेपछि मंगलबार विभिन्न एयरलाइन्सका जहाजले तीनवटा उडान भरेका छन् ।