‘जनयुद्ध दिवस’को अवसरमा सिमकोट गाउँपालिकाले दियो सार्वजनिक बिदा
माघ २८ २०८०, आईतवार
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा गरेको छ ।
सिमकोट गाउँपालिका कार्यावाहक अध्यक्ष नन्द रावतले फागुन १ गते मंगलबार दिनमा गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, विद्यालयमा एक दिनको लागि विदा रहेको सबैमा यो सूचना जारी गरिएको छ ।’
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ साल फागुन १ गते सुरु भएको महान जनयुद्धको स्मरण र सम्मान गर्न उक्त दिन विदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका कार्यावाहक अध्यक्ष रावतले आइतवार जारी गरेको विदा सम्बन्धि सार्वजनिक सूचनामा लेखिएको छ ‘महान जनययुद्धको स्मरण र सम्मानमा फागनु १ गते गाउँपालिकास्तरीय विदा दिने गरेको छ ।
उता ‘जनयुद्ध दिवस’को अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले बदर गरिदिए पछि हुम्लाका मुख्य केन्द्र विन्दु सदरमुकाम सिमकोट गाउँपालिका रहेको स्थानीय सरकारहरुले सार्वनजिक विदा दिएको छ ।
तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्ध सुरु भएको दिन २०५२ साल फागुन १ गतेको सम्झनामा सरकारले गत वर्षदेखि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।