सिमकोट बजार अनुगमन :खाद्यवस्तु नष्ट

अर्जुन बोहरा

फागनु ७,२०८०
हुम्ला । हुम्लाको सिमकोट बजारमा अनुगमन गरेको छ । आर्थिक बर्ष ०८०/०८१बार्षिक कार्याक्रम अनुसार उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाले बजार अनुगमन गरेको हो।
आइतबार हुम्लाको सदरमुकाम सिमकोट बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय हुम्ला, सिमकोट गाउँपाकिला,उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, उद्योग वाणिज्य संघ हुम्ला, आन्तरिक राजश्व कार्यालय र सुरक्षा निकायाले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन्।


अनुगमनका क्रममा उपभोग्य मिति सकिएका अखाद्य वस्तु नष्ट गरिएको छ भने १६ हजार मूल्य बराबरको खाद्य सामग्री पनि बरामद गरी नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाका प्रमुख प्रदीप कुरामा रेग्मीले बताए ।
सिमकोट बजारमा रहेको पाँच वटा पसल अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका साहयक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले बताए। पटक पटक अनुगमनमा निस्कँदा कुनै सुधार हुन नसकेको देखिएपछि कारबाही गरिने अनगमनको सयोजकले बताए ।
यसले गर्दा व्यापारीले आफ्नो व्यवसाय नियम संगत रुपमा गर्नुपर्ने देखिएको छ। सिमकोट बजारमा सञ्चालनमा आएका सबै किसिमका ब्यापारीले सबै किसिमको सामान एउटै पसलबाट बिक्री गर्ने कार्य नै गलत भएको देखिएको बताए।


ब्यापारीले तरकारी, मासु, मदिरा, चुरोट, भाँडादेखि लत्ताकपडा सबै एउटै पसलबाट बिक्री गर्दै आएका छन्। उपभोक्ताले स्वस्थ खानेकुरा उपभोग गर्न पाउने अधिकार रहेको छ। जुन नियमविपरीत ब्यापारीले गरिरहेका छन्।
त्यसैगरी मूल्यसूची नटाँसिएको, लेखापरीक्षण नगरेको, करचुक्ता नभएको, पुँजी कम देखिएर कारोबार बढी गरेको देखिएको छ । सदरमुकमा सिमकोट बजारका विभिन्न स्थानको अनुगमनका क्रममा म्याद गुज्रिएका, कर छली गरेर बिक्रि गरिएका वस्तु, जम्मफुड, सुर्तिजन्य प्रर्दाथ खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको छ ।
लामो समयमा म्याद गुज्रेको सामान बजारमा आउन सक्ने, मूल्यवृद्धि हुन सक्ने भएकोले संयुक्त बजार अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस