दादुरा–रुबेला खोप अभियान : सिमकोटमा १ जार ९० बालबालिकालाई खोप दिइँदै
फागुन २२ २०८०,
हुम्ला । सिमकोट गाउँपालिकालमा दादुरा रूबेला रोगविरूद्धको खोप अभियान सञ्चालन गरी खोप लगाइने भएको छ । जिल्लाको सदमुकाम सिमकोट गाउँपालिकामा फागुन २५ गतेदेखि चैत ७ गतेसम्म उक्त खोप लगाइने भएको हो ।
९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेला रोगविरुद्धको खोप लगाइने सिमकोट गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजान गरेको सञ्चारकर्मी सँग भएको अन्तरक्रिया कार्यक्रमा उक्त बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने जानकारी दिए ।
राष्ट्रिय दादुरा रुबेला खोप अभियान अन्तर्गत गाउँपालिकाका वडा १ देखि ८वटा वडाका २० खोप केन्द्रमार्फत १ हजार ९० जना बालबालिकालाई खोप लगाउने तयारी गरिएको छ ।
प्रत्येक खोप केन्द्रमा १ स्वास्थ्यकर्मीसहित २ जना स्वयंसेव कगष्स ६० जान खटाइने सिमकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर बहादुर भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख भण्डारीले खोप अभियानबारे भइरहेको गतिविधि र वर्तमान अवस्थाका बारेमा सहभागीलाई जानकारी दिएका थिए ।
दादुरा–रुबेला विरुद्धको खोप अभियान अन्तरगत सिमकोट गाउँपालिका भित्रका वडा–१ मा ६२, वडा–२ मा १ सय ३२, वडा– ३ मा ५७, वडा–४ मा ४६, वडा–५ मा १ सय ४९ जना बालबालिका रहेका छन् । यस्तै वडा– ६ –मा २ सय ४६, वडा–७ मा २ सय ४ र वडा– ८ मा २ सय ३ गरी जम्मा १ हजार ९० जना बालबालिका रहेका छन ।
अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि खोप लगाइने छ । सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने सरकारको लक्ष्य छ । यो खोप लगाउँदा कुनैकुनै बालबालिकामा ४–५ घण्टापछि हल्ला ज्वरो आउने, खोप लगाएको एक हप्तासम्म दादुराको जस्तै बिमिराहरू आउने हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन ।
खोपलाई अभियानलाई व्यापक रुपमा प्रचार प्रसार गर्नुपर्ने सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए बालबालिकाले दादुरा–रुबेला खोप लगाउन भनेर आवश्यक जनशक्ति खटाउने भएको प्रमुख प्रशासकिय अधिकृत शुवास आलेले बताए । उनले गाउँपालिकाले विकाश निर्माण देखि सामाजिक क्षेत्रमा थुप्रै काम गरेको जानकारी दिए । दादुरा रुबेलाविरुद्ध खोप अभियानलाई सफल बनाउन सबैलाई सहयोग गर्न समेत उनले आग्रह गरे।
सञ्चारकर्मी सँग भएको अन्तरक्रिया कार्यक्रम सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को अध्यक्षतामा उपाध्यक्ष शुसिला रोकाया (भाम) र प्रमुख प्रशासकिय अधिकृत शुवास आलेको प्रमुख आथित्यमा सम्पन्न भएको छ ।