बेरोजगार युवायुवतीलाई कम्प्युटर शिक्षा
फागनु २८,२०८०
सिमकोट । हुम्लाका बेरोजगार युवायुवतीका लागि आधारभुत कम्प्युटर तालिम सुरु भएको छ। उच्च शिक्षा हासल गरेका बेरोजगार युवा युवतिलाई स्वरोजगार बनाउने उद्देश्यले ४५ दिन आतरभुत कम्प्युटर तालिम सुरु भएको हो।
तालिममा हुम्ला जिल्लाका सात स्थानीय तहका ३२०जना युवायुवती सहभागी रहेका छन्। तालिम दिनको दुई घण्टा संचालन हुनेछ, भने हुम्लाको लक्ष्मी मल्टीमिडियाल तालिम संचालने गरेको छ ।
सोमबार देखि सुरु भएको तालिमको उद्घाटन गर्दै सिमकाट गाउँपालिका वडा नं ६का नन्द रावतले उद्यमशीलता र युवामैत्री नीति तथा कार्यक्रम नहुँदा हुम्लामा बेरोजगारी न्यूनीकरणमा गर्ने सहज हुने बताए । कम्प्युटर सीप सिकेर भविष्यमा व्यावसायिक बन्नुका साथै आयआर्जनमा सहज हुने बताए ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाका प्रमुख प्रदिप कुमार रेग्मीले कम्प्युटर बिना जीवन अधुरो जस्तै हुने, हिमाली जिल्ला त्यसैमा दुर्गममा बिना पैसामा तालिम सञ्चालन भएको बताए ।