एमाले हुम्लाले दर्शौं अधिवेशनको लोगो सार्वजनिक
चैत १५,२०८०
हुम्ला । नेकपा (एमाले) हुम्लाले दशौं जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । यही चैत २८ र २९ गते हुम्लाको सदरमुकाम सिमकोटमा हुने पार्टीका दशौं जिल्ला अधिवेशनको लोगो एमालेले सार्वजनिक गरिएको छ । लोगो सार्वजनिक गर्नुहुँदै एमाले जिल्ला कार्यावाहक अध्यक्ष डबल रावत अधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन सम्पूर्ण तयारी गरिएको भएको बताए ।
जिल्ला अधिवेशनका लागि तयार पारिएको लोगोमा सुन्दर दृश्य सदरमुकाम सिमकोटको, चौरी, सुन्दर हिमाल र उदाउँदो सूर्य चिन्ह अंकित रहेको लोगो सार्वजनिक गरिएको जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए ।
दशौं जिल्ला अधिवेशनका लागि ४४ वटा वडा मध्ये ४३ वडाबाट १सय ५७ जना प्रतिनिधिको सभागीता हुने भएको कार्यावाहक अध्यक्ष रावतले पत्रकार सम्मेलनमा मार्फत जानकारी गराउनु भयो । अधिवेसनमा सहभागि हुनेमा महिला ४२, पुरुष ९२, दलित २१ जना प्रतिनिधि छनोट गरिने भएको छ ।
अध्यक्ष लगायत अधिकांश पदाधिकारीहरूको ध्यान यतिबेला सिमकोटमा रहेका प्रतिनिधितर्फ केन्द्रित भएको एक प्रतिनिधिले जानकारी दिएका छन् । नेकपा एमाले हुम्लाको दशौं जिल्ला अधिवेशनलाई विभिन्न कोणबाट नियाली रहेका छन् । सर्वसम्मत हुने वा निर्वाचन हुने अनुमान गरेका अधिकांश उम्मेदवारहरूले यतिबेला प्रतिनिधिहरूसँग आफ्नो लागि मत समेत माग्न थालेका छन् । नेकपा एमाले हुम्लाको दशौँ जिल्ला अधिवेशनका अध्यक्षका दावेदारहरू कोही यतिबेला प्रतिनिधिको घरघरमा गएर भोट माग्न व्यस्त रहेका छन् ।
अधिवेशनका लागि वडा, पालिकाबाट १ सय ५७ जति प्रतिनिधि आउने बताइएको छ । अधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नेे उहाँले बताउनुभयो । एमाले हुम्लाले दर्शौ अधिवेशनको लागि १ सय ५१ सदस्यीय मूल आयोजक कमिटी गठन गरेको छ । त्यसै गरि १० वटा उपसमिति गठन गरेको छ । आजै भएको पत्रकार सम्मेलनमा जिल्ला पार्टी उपाध्यक्ष बिमला शाही, प्रदेश सदस्य जय बहादुर शाही,प्रकाश बहादुर शाही लगायतका जिल्ला कमिटीका पदाधिकारीको सहभागीता रहेको थियो ।