एमाले हुम्लाकोे अध्यक्षमा रावल प्यानलै निर्वाचित

फिल्को मिसन

बैशाख ३,२०८१ सोमबार
हुम्ला । नेकपा एमाले हुम्लाको अध्यक्षमा दल रावल प्यानलै निर्वाचित भएको छ । एमाले हुम्लाको १० औँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा पूरै रावल प्यानल निर्वाचित भएको हो । नेकपा एमालेको हुम्ला जिल्ला कमिटीको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा दुई गुटबीच कडा प्रतिस्पर्धा भएको हो । एमाले केन्द्रीय स्थाई समितिका सदस्य गोरख बहादुर बोगटी,केन्द्रीय सदस्य दल फडेरा र केन्द्रीय सदस्य दल रावल,केन्द्रीय सदस्य छक्क बहादु गुटको प्यानलसहित उम्मेदवारीले निर्वाचनमा होमीएका थिए ।
अध्यक्षमा बोगटी समूहबाट अध्यक्षमा डबल रावत र रावल समूहबाट ज्ञामी बुमीले मनोनयन गर्दा गराएका छन् । हिजो शनिबार तिन जना अध्यक्ष पदको लागि मनोनयन दर्ता गराइ पनि पूर्ण प्रसाद ढकाले आफनो अध्यक्ष पदको लागि उम्मेदवारी र्फिता लिएका हुन् ।
निर्वाचन समितिका सदस्य दान बहादुर बोहराका अनुसार आइतबार साँझ पदाधिकारीको मतगणना सम्पन्न भएको छ ।
ज्ञामी बुमीले आफ्ना प्रत्यासी डबल रावत लाई ५मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । बुमीले १ सय २४ र रावतले १ सय १९ मत ल्याए।


उपाध्यक्षमा प्रकाश बहादुर शाहीले आफ्ना प्रत्यासी उब्जन मल्ल लाई ८२ मतको अन्तरले हराउँदै निर्वाचित भएका छन् । शाहीले १ सय ६२ र मल्लले ८० मत ल्याए । बुमी प्यानलका तर्फबाट तिर्थराज बोहराले आफ्ना प्रत्यासी गोकुल बुढालाई २८ मतले हराउँदै सचिवमा निर्वाचित भए । बोहराले १ सय ३१ र बुढाले १ सय ३ मत ल्याएका थिए ।
त्यसै गरि उपसचिवमा रावल पक्षका प्रदिप लामाले १३३ ल्याएर बिजय भएका छन भने उनका प्रतिन्धी बुध भण्डारीले १सय १ मत ल्याएर हार व्यहोनुपरको छ ।
उपसचिव खुलामा रावल पक्षका मन्जु रावलले १३४मत प्राप्त गरेर बिजय हुनु भएको छ भने त्यसै गरि उप सचिव महिलामा मन्जु रावल १३४ मत प्राप्त गरि बिजय भएकी छन भने बिमाल कुमारी शाहीले ९५ मत प्राप्त गरेकिछिन् । जिल्ला कमिटीका सदस्य तथा भुगोल र विभिन्न कलस्टर बाट निर्वाचित भएका छन ।

प्रतिक्रिया दिनुहोस