अदानचुलीमा घरदैलो स्वास्थ्य शिविर सम्पन्न, नौ सयभन्दा बढी लाभान्वित
बैशाख २३, २०८१
सिमकोट । हुम्लाकोे अदानचुली गाउँपालिकाले सबै वडामा घरदैलो स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । उक्त शिविरमा करीव ९सय ५० जना बढि स्थानीय जनताको प्रेसर, सुगर परिक्षण गरिनुका साथै स्वास्थ्य शिक्षा समेत प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विनोद बुढाले जानकारी दिए।
गाउँपालिकाले स्वास्थ्य संस्थासम्म पुग्न नसकेका जेष्ठनागरीक, बालबालिकाका लागि उक्त सेवा दिएको स्वास्थ्य शाखा प्रमुख बुढाले बताए । प्रमुख बुढाका अनुसार, अदानचुलीका नागरीकलाई घरमै पुगेर सेवा दिनका लागि १० स्थान विभिन्न ठाउँमा उक्त सेवा प्रदान गरिएको हो । स्वास्थ्य शिविरमा विभिन्न रोगका समस्याग्रस्त विरामीको उपचार गरिएको बुढाले जानकारी दिनुभयो ।
घरदैलो स्वास्थ्य शिविर संचालन गरिनुको साथै उक्त शिविर लगायतको विभिन्न कार्याक्रमको गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंह, उपाध्यक्ष कर्ण रोकाया(सुधार) विभिन्न वडाका वडाध्यक्ष र प्रमुख प्रशासीय अधिकृत हंस महताराले अनुगमन गर्नुभएको थियो ।
स्थानीय जनताको घरदैलो मै पुगेर स्वास्थ्य शिविर संचालन गर्ने सो कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिईने निमित प्रमुख प्रशासीय अधिकृत हंस महताराले बताउनु भयो ।
वडा नम्बर ५मा रहेको काखे प्राथामिक विद्यालयमा सञ्चालन भएको स्वास्थ्य शिविरमा ५६ जना महिला। ४१ जना पुरुष गरी ९७ जनालाई चेकजाँच गरिएको छ । भने ११ जना दिर्घरोगीका विरामीलाई समेत उपचार गरिएको स्वास्थ्यकर्मी मर बहादुर महताराले बताउनुभयो ।
यस्तै वडा नम्बरलाई केन्द्रित गरी पाल्सको लमैमा सञ्चालन भएको स्वास्थ्य शिविरमा १ सय ९५ जनालाई उपचार गरिएको छ । उपचार गरिएका विरामीहरुको सामान्य रहेको बताइएको छ । यस्तै वडा नम्बर ३ रहेको करगाइमा सञ्चालन भएको शिविरमा १ सय ७३ जनाको चेकजाँच गरिएको हो । सामान्य चेकजाँचका लागि घण्टौको बाटो भएर स्वास्थ्य केन्द्रसम्म पुग्नु पर्ने जेष्ठनागरीकहरुको कष्ट बुझेर उक्त शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहले बताउनुभयो ।
निशुल्क स्वाथ्य शिविर अन्र्तगत बिरामीको घरमै पुगेर प्राथमिक उपचार, सामान्य ड्रेसिङ, पोषण अवस्थाको परीक्षण र सामन्य औषधिसमेत वितरण गरिएको स्वाथ्य प्रमुख बुढाले बताए । घरदैलोमा खटिएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेटको दुखाइलगायतका उपचार गरेका हुन् ।